Print

कुश्माको अर्मादीमा माइक्रो दुर्घटना, ६ जना घाइते

२७ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर २ अर्मादिमा सडक दुर्घटना हुँदा ६ जना घार्इते भएका छन् । पोखराबाट बागलुङतर्फ जादै गरेको बा ४ ख ३२३८ नम्बरको टोयोटा हाइस गाडीले बिपरित दिशाबाट आईरहेको ना ७ ख १६५६ नम्बरको कन्टेनरलाई साईड दिने क्रममा भएको दुर्घटनामा ६ जना सामान्य घाइते भएका हुन ।

दुर्घटनाका क्रममा हाइस सडकवाट अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरूमा वाग्लुङ जैमुनि नगरपालिका ७ बस्ने राजकुमार बिक, पर्वत मोदी -४ वस्ने वर्ष २१ को चन्द विक, वानपा – १ रामरेखा वस्ने वर्ष ४२ को हरि शर्मा, बागलुङ काठेखोला -६ वस्ने वर्ष ६६ कि सरस्वती कडेल, जिल्ला म्याग्दी बेनि नगरपालिका रत्नेचौर वस्ने वर्ष ६८ कि मैया थापा र जिल्ला म्याग्दी बेनि नगरपालिका रत्नेचौर वस्ने वर्ष २३ कि अप्सरा थापा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको छ ।