१७ साउन, पर्वत । पर्वतकाे कुस्मा नगरपालिका ९ कटुवा चाैपारीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा ट्याक्टरका सहचालक बाग्लुङ नगरपालिका-१३ बलेवा बस्ने अन्दाजी १६ वर्षका कमल नेपाली रहेका छन् । कुश्मा बाट साइकलचोक जादै गरेको ग १ त २८२२ नम्बरको समान सहितको ट्याक्टर पल्टिँदा साेही ट्याक्टरले च्यापिएर नेपालीकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।
दुर्घटनामा बाग्लुङ नगरपालिका-१३ बलेवा बस्ने २१ वर्षका बिबेक नेपाली घाइते भएका छन् । घाइते नेपालीकाे पर्वत जिल्ला अस्पतालमा उपचारका लागि पठाइएकाे प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयाे । मृतक नेपालीकाे शब पाेष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएकाे खत्रीले जानकारी दिनुभयाे ।




