Print

राष्ट्रिय सभा अध्यक्षद्धारा पहिरो पिडितलाई राहात वितरण, लस्ती खोला नियन्त्रण गर्ने प्रतिबद्धता

१८ साउन, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले दुई साता अघि बाढी पहिरोको चपेटामा परेको पर्वतको जलजला गाउँपालिकामा स्थलगत रुपमा निरीक्षण गरेका छन भने बाढी र पहिरो पिडीत परिवारलाई राहत समेत बितरण गरेका छन ।अध्यक्ष तिमिल्सीनाले बाढी पहिरोमा परेको जलजला गाउँपलिका वडा नं ७ र ८ मा पर्ने लस्दीमा पुगेर शुक्रबार बिहान स्थलगत निरीक्षण तथा पिडीत परिवारलाई राहत दिएका हुन ।
बाढी र पहिरोले भएको क्षति पुगेको लस्तीमा खोला संरक्षणका लागि तटबन्ध बनाउन तथा पहिरोबाट बिस्थापित सुकुम्बासी दलित परिवारको आवास निर्माणका लागि पहल गरिरहेको जानकारी दिए । उनले क्षति अनुसार तटबन्ध बनाउन, सिंचाई कुलो मर्मत र खानेपानी आयोजना मर्मतका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई ध्यानाकर्षण गराएको पनि बताए । ‘सबै बिभागीय मन्त्री र सरोकारवालाई पिडीतलाई आवास र भत्किएको तटबन्ध बनाउनका लागि ध्यानाकर्षण गराएको छु’ उनले भने ‘स्थानिय स्तरमा गरिएको स्टिमेटका आधारमा छिट्टै रकम बिनियोजन हुने बिश्वास छ’ जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकले लस्दी खोला नियन्त्रणका लागि ३ करोड ५० लाख, पहिरोले क्षति पु¥याएको लस्ती फर्से सिंचाई लगायतका सिंचाई योजना मर्मतका लागि ३१ लाख १८ हजार र खानेपानी प्रणालीमा पुगेको क्षति मर्मतका लागि ८ लाख ५० हजार रुपैया माग गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दैबी प्रकोपको घटना बढ्नुमा सार्वजनिक सम्पतिको दोहन र अतिक्रमण तथा जथाभावी सडक खन्ने कुरा भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सीनाले नदी र खोला क्षेत्र अतिक्रमण रोक्न तथा जथाभावी सडक निर्माण रोक्न आवश्यक रहेको बताए ।4
अध्क्ष तिमिल्सीनाले बाढी पहिरो पिडीतहरुलाई नगद ५ हजार र खाद्यान्न सामाग्री राहत स्वरुप बितरण गरे । उनले गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल मार्फत पिडीतलाई राहत दिएका हुन ।