Print

सालीलाई बलात्कार गरेको अभियोगमा भिनाजु प्रहरी नियन्त्रणमा

१९ जेठ, पर्वत । सालीलाई जबर्जस्ती गरेको आरोपमा पर्वत प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पर्वतको कुश्मा नगरपालिका –८, चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीले  सालीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबारका क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । क्षेत्रीले जेठ १६ गते बिहान आफ्नै सालीलाई जबर्जस्ती गरेको आरोप छ ।

उनलाई प्रहरीले सरकारी वकिल कार्यालय मार्फतजबर्जस्ती करणी अन्तर्गत मुद्धा दायर गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।