Print

कुश्मामा दिउँसै बालिका अपहरणको प्रयास गर्नेको पहिचान खुल्यो, यी हुन अपहरणकारी

१७ चैत, पर्वत । बालिका अपहरण गरेर भिरमा लुकाउँदै गरेका एक ब्यक्तिको भिरबाट खसेर मृत्यु भएकाको पहिचान खुलेको छ ।

बालिका अपहरण गरी कुश्मा नगरपालिका वडा न ४ भण्डारी टोल स्थित चाक्लेडिलमा बालिका लुकाई राखेका मृतकको सनाखत भएको हो ।

बालिकाका अपहरणको प्रयास गर्दै गर्दा स्थानीयले देखेपछि भिरबाट हाम फालेर मृत्यु भएका उनको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार उनी बागलुङ नगरपालिका वडा न १ बस्ने भुपेन्द्र रुचाल रहेका छन ।

उनी ३६ बर्षका हुन । उनी किन र कसरी ति बालिकाको अपहरणमा आइपुगे भन्ने विषयमा प्रहरीले खुलाउन चाहेको छैन ।

प्रहरीले अनुसन्धान भईरहेको बताएको छ ।