Print

आज दिन भर धौलागिरी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

१० फागुन, पर्वत । आज दिन भर धौलागिरी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा कुडहर स्थित पुरानो बे्रकर बदली नयाँ जडान गर्ने प्रयोजनका लागि विद्युत आपूर्ति बन्द गर्न लागेको हो ।

१ सय ३२ केभि को एकएफ ६ ब्रेकर बदल्दा विहिबार विहान ८ वजेदेखि बेलुका ४ बजेसम्मलाई विद्युत आपूर्ति बन्द गरिने विद्युत प्राविधिकरणका निमिक्त कार्यालय प्रमुख दिपक घितालले जानकारी दिए ।