२ फागुन, पर्वत । अल्लो प्रशोधनका लागि नेपालकै नमुना प्रविधि मोदी गाउँपालिकाको घुरुङगामा जडान गरिएको छ ।
पोखरा विश्वविद्यालय र कोरियाको ह्यान्डन्ड ग्लोबल यूनिर्भसिटिको साझेदारीमा सञ्चालीत नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्राइजेज सेन्टरको सहयोगमा उक्त प्रविधि जडान गरिएको हो ।
भुमेप्रसाद डल्लु सामुदायिक अल्लो उद्योगमा उक्त प्रविधिको जडान गरिएको छ ।
उक्त प्रविधिको एक कार्यक्रमका वीच मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले उद्घाटन गरेकी थिइन ।
झण्डै १० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त प्रविधि सफल भएमा देशका अन्य ठाउँमा समेत स्थानान्तरण गरिनेछ ।
पोखरा विश्वविद्यालयका प्राध्यापक डा. अजय थापाले यो अनुसन्धानमूलक प्रविधि नेपाली र कोरियाली इन्जिनियरहरुले तयार पारेको जानकारी दिए ।




