Print

कुश्मामा लाइसेन्स विना मोटरसाइकल चलाउने माथि प्रहरीको निगरानी, १८ मोटरसाइकल नियन्त्रणमा

२ फागुन, पर्वत । कुश्मामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिइकन सवारी चलाउनेको सख्ंया बढेको छ ।

सवारी चालक अनुमति लिन सरकारले कडाई गरेसंगै अनुमति नलिईकन सवारी चलाउनेको संख्या पछिल्लो समय बढेर गएको हो ।

अनुमति पत्र नलिई सवारी चलाउनेको संख्या बढेसंगै पर्वत प्रहरी र ट्राफिक कार्यालयले तदारुकता देखाएको छ ।

मंगलबार मात्रै जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको संयुक्त चेकजाँजको क्रममा १८ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मोटरसाइकलका कागजात र लाइसेन्स नभएका ति मोटरसाइकललाई निन्ण्त्रामा लिइएको ट्राफिक प्रमुख महेन्द्र्र रानाभाटले  जानकारी दिए ।