२ फागुन, पर्वत । जिल्लाको महाशिला गाउँपालिकामा पर्यटन सुचना केन्द्रको स्थापना हुने भएको छ ।
महाशिला भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी योजनाबद्ध पर्यटन गुरुयोजना निर्माण गर्न पर्यटन सुचना केन्द्रको स्थापना गर्न लागिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार महाशिलाको पर्यटकीय स्थलहरुको अध्ययन, अनुसन्धान र विकासका लागि पर्यटन गुरु योजना समेत निर्माण गरिने छ ।
महाशिला भित्र पर्ने पैयूकोट, महाशिला लगाएतका पर्यटकीय स्थलको समुचित विकास गरी पर्यटकीय सम्भावनाहरुको खोजी कार्यमा लाग्ने गरी गाउँ कार्यापालिकाकाले निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।




