Print

‘महाशिलाको सम्बृद्धिका लागि मुर्छित सपना देखेको छु’

२४ माघ, पर्वत । कुश्मामा आयोजीत पत्रकार सम्मलेनमा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल केहि भावुक र धेरै आक्रमक थिए ।

उनले वर्तमान कर्मचारी प्रशासनको कार्य शैली र विकासको मोडल प्रति चर्को आक्रोस ब्यक्त गर्दै भने–‘अव हिजोको पाराले देश चल्दैन ।’

निर्वाचन जितेपछि आफू महाशिलाको सम्बृद्धिका लागि दिन रात पागल बनेको भन्दै पौडेलले आफ्ना मुर्छित सपनाले महाशिला देशकै नमुना गाउँपालिका बन्ने दावी गरे ।

‘मलाई पागल भन्दा पनि हुन्छ’ पौडेल भन्छन–‘अर्को पटक निर्वाचन हार्छस भनेका छन तर सम्बृद्धिका लागि म कठोर बन्न छोँडदिन ।’

महाशिला गाउँपालिकाले सञ्चालन गर्न लागेको एक घर एक रोजगार कार्यक्रमको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मलेनमा पौडेलले ढिला सुस्ती र जनताको हितमा काम नगर्ने कर्मचारी प्रशासन सुधारको आवश्यकता औल्याए ।

‘नेतृत्वमा कठोर इच्छाशक्ति हुने हो भने विकास असम्भव छैन ।’

पौडेलले भने–‘भ्रष्ट्रचार र कमिसनतन्त्रका कारण देशको ठूलो अर्थतन्त्र समस्यामा परेको छ’ उनले सामाग्री खरिदमा हुने अनियमितता र भ्रष्ट्रचार रोक्ने गरी आफूले अभियान सञ्चालन गरेको दावी गरे ।

कर्मचारीको सेवा सुविधामा थप गर्ने रणनीति गाउँपालिकाले अबलम्बन गरेको गर्न लागेको भन्दै सेवा प्रवाहमा गुणस्तरीयता हुनुपर्ने उनको भनाई छ ।
‘कति सफल कति असफल ५ बर्ष पछि थाहा हुन्छ’ उनले थपे–‘टुक्रे योजनामा रकम खर्च गर्ने र योजना विहिन काम गर्ने परिपार्टीको अन्त्य गर्छु ।’

गुणस्तरीय शिक्षा, प्रविधि मैत्री कार्यालयहरु, फराकिलो सडक, कृषक प्रोत्साहन कार्यक्रम आफ्नो प्राथमिकताका क्षेत्रहरु रहेको उनको भनाई छ ।

५ बर्ष भित्र यी सवै काममा गुणस्तरीय फ्डको मार्ने उनले दाबी गरे ।

अर्थ वीट साप्ताहिकबाट साभार गरिएको समाचार