Print

६ बर्ष देखि असक्त लामिछानेलाई ह्विल चियर प्रदान

१९ माघ, पर्वत । महिलाहरुले नेतृत्व गरेको एक संस्थाले अशक्त अवस्थामा रहेका डिल्लीराम तिमिल्सीनालाई ह्विल चियर प्रदान गरेको छ ।

लायन्स क्लब अफ कुश्मा सिटिका अध्यक्ष रिता केसी भण्डारीको नेतृत्वमा कुश्मा नगरपालिका वडा न ११ पकुवाका लामिछानेलाई ह्विल चियर प्रदान गरिएको हो ।

घाँस काटन रुखमा चढेको बेला रुखबाट लडेर घाइते भएका तिमिल्सीना ६ बर्ष देखि असक्त छन ।

हिडडुल गर्न समेत समस्या परेकाले उक्त सहयोग प्रदान गरिएको कुश्मा सिटिका अध्यक्ष भण्डारीले जानकारी दिइन ।

ह्विल चियर पाएसंगै लामिछानेले देख्दा सानो सहयोग भएपनि आफनो लागि ठूलो सहयोग प्राप्त भएको बताए ।

संस्थाले लामिछानेकै घरमा आयोजना गरेको सक्षिप्त कार्यक्रममा उक्त सहयोग प्रदान गरेको हो ।

ह्विल चियर प्रदान गर्ने उक्त कार्यक्रममा संस्थाका अन्य सदस्यहरुको समेत सहभागीता रहेको थियो ।