Print

मतदातालाई धन्यवाद दिन सांसद गिरी गाउँमा, मतदाता भन्छन–‘जन अपेक्षा पुरा गर्नुहोला’

२७ मंसीर, पर्वत । मतदातालाई धन्यवाद दिन गाउँ पुगेका प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी लगाएतको टोलीलाई गाउँलेले जनअपेक्षा पुरा गर्नु अनुरोध गरेका छन । निर्वाचन जितेपछि नेताहरुमा सामान्तबादी प्रवृत्ति मौलाउने गरेको दृष्टान्त देखाउँदै मतदाताले बहुसंख्यक जनमतको अभिभावक बनेर काम गर्न एमाले जिल्ला अध्यक्ष समेत रहेका सांसद गिरीलाई अनुरोध गरे ।

गाउँमा विकास योजनामा थुप्रै समस्याहरु रहेकोले ति समस्या समाधान गर्ने दायित्व केन्द्रिय सांसदको हुने भएको भन्दै उनीहरुले पुल, माला र अविरले विजयी सांसदहरुलाई बधाई ज्ञापन गरेका छन । गिरीसंगै मतदातालाई धन्यवाद दिन गाउँ पुगेका सांसद विकास लम्साललाई समेत थाति रहेका विकास निर्माण कामहरुलाई अगाडि बढाउने गरी वातावरण बनाउन अनुरोध गरे । मंगलबार फलेवास नगरपालिकाबाट शुरु भएको अभियान बुधवार विहादी गाउँपालिकामा पुगेको छ ।

प्रत्येक वडामा पुगेर मतदाताहरु माझ आफ्ना प्रतिबद्धताहरु आगामी दिनमा पुरा गर्दै जाने भन्दै सांसदहरुले मतदातालाई मतदान गरी विजयी गराएकोमा धन्यवाद ज्ञापन गरेका छन ।