Print

पर्वतको विहादी गाउँपालिकाबाट रेडियो सत्यबाणीको परिक्षण प्रसारण शुरु

१६ मंसीर, पर्वत । पर्वतको दक्षिणी विहादी गाउँपालिकावाट सामुदायिक रेडियो सत्यवाणीले परीक्षण प्रसारण शुरु गरेको छ । गाउँ सञ्चार संस्थाद्धारा सञ्चालित रेडियो सत्यवाणी १०४ मेगाहर्जले विहादी गाउँपालिका ३ रानीपानीवाट विहिवारदेखि परीक्षण प्रसारण शुरु गरेको हो ।

१०० वाट क्षमताको उक्त रेडियोले एक महिनासम्म परीक्षण प्रसारण गर्ने र त्यसपछि नियमित कार्यक्रम शुरु गर्ने रेडियोका संरक्षक हरि न्यौपानेले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रका नागरिकहरुलाई सूचना र मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले उक्त रेडियो शुरु गरिएको न्यौपानेले वताउनुभयो ।
यो रेडियो संगै पर्वतमा रेडियोको संख्या ६ पुगेको छ ।