Print

पर्वतमा १ हजार ७ सय १५ जना सुरक्षाकर्मीको सुरक्षा घेरा

१६ मंसीर, पर्वत । मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षाका लागि पर्वतमा १७ सय सुरक्षाकर्मी परिचालित भएका छन ।
पर्वतमा निर्वाचन सुरक्षाका लागि १ हजार ६ सय ४३ जना सुरक्षाकर्मी परिचालित भैसकेका हुन ।

जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको जानकारी अनुसार १ हजार २ सय ७० जनपद सहित नेपाल प्रहरी परिचालित भएका छन भने २ सय ८ जना शसस्त्र प्रहरी परिचालित भएका छन । यसैगरी १ सय ६५ जना नेपाली सेनालाई पनि निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि पर्वतका प्रत्येक मतदान स्थलमा कम्तीमा ६ देखि १२ जना नेपाल प्रहरी परिचालित गरिने छ भने १४ वटा मोबाइल टोली खटिने छन । पर्वतमा ७४ वटा मतदान स्थल रहेका छन । यस बाहेक शसस्त्र प्रहरीका ८ वटा मोबाइल र ४ वटा स्टाइकिङ्ग टोली परिचालित छन । नेपाली सेनाले ५ वटा टोली बनाएर पेट्रोलिङ्ग र बाहिरी सुरक्षा मिलाउने भएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचनका लागि प्रभाबकारी हिसाबले सुरक्षा ब्यबस्था मिलाइएको बताए । ‘निर्वाचनमा आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाएका छौ’ उनले भने ‘मतदाताले ढुक्क भएर मतदान गर्न गए हुन्छ, सुरक्षाको चिन्ता लिनै पर्दैन’ उनले मंसिर १८ गते नै सुरक्षाकर्मी मतदानस्थलमा पुग्ने र त्यस क्षेत्रको सुरक्षा ब्यबस्था मिलाउने जानकारी दिए ।

पछिल्ला दिनहरुमा उमेदवार, दलका सभा र मतदानस्थलमा समेत बम बिष्फोटन गराउने क्रम चलेको बेला त्यस्ता गतिबिधी हुन नदिन पुर्व सर्तकता अपनाइएको छ। उमेदवारहरुको कार्यक्रम, रुट र बासस्थलमा पनि सुरक्षा ब्यबस्था मिलाइएको जानकारी दिए । बिभिन्न जिल्लाबाट निर्वाचन बिथोल्न र प्रभावित गर्न मानिसहरु आउने सक्ने तर्फ सचेत हुँदै नाकाहरुमा चेकिङ्गलाई कडा पारिएको उनले बताए । रातमा परिचयपत्र वा स्पष्ट कारण खुलाउन नसक्नेहरुलाई फिर्ता पठाइएको पनि जानकारी दिए ।