Print

एमाले गढमा रित्तिदै कांग्रेस, पिपलटारीमा तरुणदलका अध्यक्ष सहितका प्रभावशाली कार्यकर्ता बाम मोर्चामा

१६ मंसीर, पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारीमा नेपाली कांग्रेसका प्रभाबशाली नेता र तरुण दलका वडा कमिटी सदस्य सहित ठुलो संख्यामा एमालेमा प्रबेश गरेका छन ।

बाम गठबन्धनले शुक्रबार पिपलटारीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रभाबशाली नेता भिमलाल पुरी र तरुण दलका वडा अध्यक्ष सुमित सुबेदी(कृष्ण) सहित ठुलो संख्यामा एमालेमा प्रबेश गरेका हुन ।

नवप्रबेशीहरुलाई माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका उमेदवार नेत्र अधिकारी, एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रतिनिधीसभाका उमेदवार पदम गिरी लगायतका नेताहरुले टिका लगाएर पार्टीमा भित्र्याएका थिए ।

बामपन्थीहरुको राम्रो जनमत भएको उक्त क्षेत्रमा कांग्रेसका प्रभाबशाली नेता कार्यकर्ता प्रबेश गरेपछि बामपन्थीको किल्ला नै बनेको एमाले पिपलटारीका सचिब रामचन्द्र सुबेदीले बताए । पिपलटारीमा नेपाली कांग्रेसको जनमत अब शुन्यमा झरिसकेको दाबी पनि उनको छ ।