Print

पर्वत काँग्रेसमा नयाँ नेतृत्व जन्मन नदिएकोमा जोशीप्रति काँग्रेसका युवाकै आक्रोस

१४ मंसीर, पर्वत । संयुक्त वाम गठबन्धनले पर्वतबाट युवा तथा प्रभावशाली नेता एमाले पर्वतका अध्यक्ष पदम गिरीलाई अघि सारेर चुनावी अभियानमा होमिएपछि काँग्रेसजनमा आफ्नै नेताप्रति वितृष्णा पैदा भएको छ ।

तीन÷तीन कार्यकाल जिल्ला सभापति भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी यतिबेला पर्वत काँग्रेसका युवा पुस्ताका नजरमा धेरै आलोचित बन्न पुगेका छन् । उनले १६ वर्ष पार्टी सभापति र १८ वर्ष सांसद हुँदा समेत जिल्लामा खासै विकास गर्न नसकेको उनीहरुको आरोप छ । जिल्लामा नियमित आउने विद्युतका पोल, खानेपानी र विद्यालयका भवन मैले पारेको हुँ भन्ने र १०–५ हजार क्लव र आमा समूहलाई बाँडेकै भएरमा विकास गराएको हुँ भन्दै जिल्लाका अरु नेताहरुलाई अघि बढ्न नदिएकोप्रति धेरै काँग्रेसजन रुष्ट बनेका छन् । पहिलो पटक सांसद बन्ने क्रममा जनैवादको नारा लगाएर भवानीशंकरको टिकट खोसेका उनी काँग्रेसमै आलोचित पात्र हुन् । उनले ३÷३ पटक चुनाव जितेर पनि आफ्नै आँगन अगाडिको सदरमुकामको सडक समेत पिच गर्न सकेनन् ।

ठूला ठूला विकासका कुरा त परै जाओस् सामान्य विकासमा समेत ध्यान नदिएका उनी दोहोरी र मापसेमा भने बारम्बार समाचार बनिरहे । यसप्रति पर्वत काँग्रेसका प्रतिवद्ध व्यक्तिहरु चिन्तित रहेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, टे«ड युनियन काँग्रेस, नेपाल शिक्षक संघ लगायतका भातृ तथा शुभेच्छुक संघसंस्थामा जोशीले एकलौटी तवरले क्षमता विहीन मान्छेहरु भर्ति गरिरहने र क्षमता भएकाहरुलाई पाखा लगाइरहने प्रवृत्तिले निरन्तरता पाइरहेपछि युवा पुस्ताबाट क्षमतावान् नेतृत्व उदाउन कठिन भएको युवापुस्ताको निष्कर्ष रहेको छ ।

उनकै कारण प्रजातान्त्रिक पार्टी्भित्र काँग्रेसभित्र आन्तरिक लोकतन्त्रको अभ्यास निकै सुसुप्त अवस्थामा रहेको छ काँग्रेसका जिम्मेवार कार्यकर्ता बताउँछन् । ‘नेपाल विद्यार्थी संघमा कलेज नजानेहरुलाई समेत अध्यक्ष बनाएर धेरै कार्यकाल राख्नुभयो, जसको कारण नेविसंघमा यस अघिसम्म लामै रिक्तता र जाम देखियो ।’ एक विद्यार्थी नेताले नाम नबताउने शर्तमा भने । –‘हरेक संघसंस्थामा उहाँकै एस म्यान मात्र भर्ति गर्ने परपम्पराले निरन्ता पाउँदा समग्र काँग्रेस कमजोर बन्यो, युवा पुस्ता धेरै पछाडि धकेलियो । यो कुरा काँग्रेस केन्द्रले बुझ्न जरुरी छ ।’

जोशीको एकलौटी पाराकै कारण जिल्लामा काँग्रेसका हस्तीहरु रुष्ट बनेका छन् । शालिन तथा बौद्धिक नेता ऋषिकेश तिवारी, पुराना तथा पाका नेता भवानीशंकर पौडेल, शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष वसन्त बहादुर सिके लगायतका नेताहरु अहिले पनि खुलेर हिँड्ने वातावरण बनिरहेको छैन । जोशीको मनपरीतन्त्र हावी भएकै कारण उच्च क्षमता भएका नेताहरुले समग्र काँग्रेसको भावी जीवन बारे चिन्ता व्यक्त गर्न थालेका छन् । जोशीले अरुलाई अघि बढ्नै नदिने रवैयाका कारण गाउँगाउँबाट पार्टी छाड्ने क्रम समेत बढेको छ । बाम गठबन्धन गएका प्रत्येक सभामा काँग्रेस परित्याग गर्नेहरुको लर्को नै लाग्ने गरेको छ ।

नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष राधाकृष्ण पाठक युवाहरु लिएर एमाले पर्वत गरेका छन् । काँग्रेसभित्रको तानाशाही प्रवृत्ति, बुढ्यौली रहुन्जेल अरुलाई अघि बढ्न नदिने संस्कार र राष्ट्र, राष्ट्रियता प्रतिको विचलनका कारण एमालेमा प्रवेश गरेको उनले बताएका छन् । एमाले एक्लै स्थानीय चुनावमा जिल्लामा प्रथम भएको र बाम गठबन्धन नै बनिसकेपछि दशौं हजार मतान्तरले प्रदेश तथा प्रतिनिधि सभाको चुनाव जित्नेमा बाम गठबन्धन ढुक्क रहेको एमाले निकट नेताहरु बताउँछन् । लोकतन्त्र अनलाइनबाट साभार गरिएको सामाग्री