१० मंसीर,पर्वत । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि यति बेला राजनैतिक दलहरु प्रचार प्रसार ब्यस्त छन । आगामी मंसीर २१ गते पर्वतमा दुवै सदनको लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्नका लागि क्रियाशिल राजनैतिक दलहरुले भने जनता वीच निकै फोहोरी खेल खेल्ने गरेको प्रमाण फेला पारेको छ ।
जिल्लामा क्रियाशिल मुख्य गरी बामगठबन्धन र लोकतान्त्रिक गठबन्धन चुनावी दौडमा छन । चुनावमा मतदाता प्रभावित गर्न विभिन्न आश्वासन सहितका मतदाता आकर्षित गर्ने कार्यक्रम गाउँस्तर सञ्चालन गरिरहेका गठबन्धनहरुको वास्ताविकता भने बाहिर आएको छ । लोकतान्त्रिक गठबन्धनको रुपमा राप्रपालाई साथमा लिएर चुनावी मैदानमा होमिएको नेपाली कांग्रेसले पार्टी प्रवेशको हल्ला फिजाएर मतदाता प्रभावित गर्न खोजेको प्रमाण फेला परेको हो ।
जिल्लाको जलजला गाउँपालिका कांग्रेसले सयौको संख्यामा अन्य पार्टीबाट कार्यकर्ता प्रवेश गरेको समाचार सार्वजनिक गरेको थियो । तर उक्त क्षेत्रका बासिन्दाले भने आफूहरु कार्यक्रममा नगएको तर जर्वजस्ती आफूहरुको नाम पार्टी प्रवेशमा देखिएको भन्दै आपत्ति जनाएका छन ।
उनीहरुले सामूहिक विज्ञप्ति निकाल्दै आफूहरु बामगठबन्धनमै अडिग रहेको र आफूहरु पार्टी प्रवेश गरेको भन्ने भ्रामक समाचार प्रति खण्डन गरेका छन । झण्डै २० जना भन्दा बढि ब्यक्तिहरुले आफूहरु प्रतिको मित्थ्या समाचारको खडन गर्दै बामगठबन्धनकै पक्षमा आफूहरु कटिबद्ध रहेको मत बताएका छन ।





