३ मंसीर, पर्वत । जिल्लाामा क्रियाशिल पत्रकारहरुलाई जिल्ला निर्वाचन कार्यालय पर्वतले निर्वाचन र सञ्चार विषयको कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी निर्वाचनका कानूनी प्रावधान, आचारसंहिता र यसको कार्यान्वयनको विषयमा कार्यालयले सञ्चारकर्मीलाई प्रशिक्षित गरेको हो ।
कार्यक्रम पछि जिल्लामा क्रियाशिल पत्रकाहरुले निर्वाचन आचासरंहिता पूर्ण रुपले पालना गर्ने र आचारसंहिता उल्लघङन भए नभएको सुक्ष्म अध्ययन गरी समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएको छन । कार्यक्रममा बोल्दै पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायलले अरुलाई कानून पालना गराउनुपर्ने पत्रकारले आफूले कानून मानेर आफ्नो मर्यादामा बस्न पत्रकारले हिच्किचाउन नहुने बताए । जिल्ला निर्वाचन अधिकृत लक्षु पौडेलले स्वच्छ र मर्यादीत वातावरणमा निर्वाचन सम्पन्न गराउनु सवैको दायित्व रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले निर्वाचनको सुरक्षा संयन्त्रलाई ब्यवस्थित गरिएको बताए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत धुव्र सापकोटाले निर्वाचनमा कुनै प्रकारको अवरोध हुने वातावरण कसैले पनि सृजना नगर्न आग्रह गरे । उनले आचारसंहिता पालना गर्नु सवैको कर्तब्य रहेकाले आचारसंहिताको परिधि भित्र सवैले आफ्नो आफ्नो स्थानबाट निर्वाचन सफल बनाउन पहल गर्नुपर्ने बताए । उक्त कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत लक्षु शर्मा, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी र महासंघका सचिव गणेश गिरीले गरेका थिए ।




