२ मंसीर, पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको बाम गठवन्धन पर्वतले जिल्लाको मोदी गाउँपालिका १ भुकताङ्लेमा चुनावी सभा सम्पन्न गरेको छ ।
साविक भुकताङ्ले गाविसमा एकैदिन चार वटा कोण सभा गरेको हो । स्थानिय लप्सीबोट, झिलिवराङ, ताङले र मोहोरियामा कोण सभा सम्पन्न भएको एमाले पर्वतका उपसचिब गोविन्द पहाडिले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले पर्वतका जनता पैसामा नविक्ने बताउनुभयो । चुनाव प्रभावित पार्न नगदमा मत खरिद गर्ने खेलमा अव पर्वतका सचेत जनता नलाग्ने दावी समेत गर्नुभयो । उनले चुनाव हार्ने निश्चित भएपछि मत खरिद गर्न केहि तत्वहरु गाउँमा सलबलाउने तर सचेत जनताले आफ्नो बहुमूल्य मत पैसामा नबेच्ने दावी गर्नुभयोे ।
उनले बाम गठवन्धनसँग कसैको प्रतिस्पर्धा नरहेको बताउनुभयो । उहाँले विकास निर्माण र आम पर्वतवासी नागरिकहरुको भावना बुझ्न सक्ने बाम उम्मेदवारलाई बिजयी गराउन आग्रह गनुृभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङ्गले मुलुकमा स्थायि सरकार निर्माण र अग्रगामी विकासका लागि बाम गठवन्धनको विकल्प नरहेको बताउनुभयो । उहाँले यसपटक बाम गठवन्धनको दुई तिहाई सहित सरकार बनेमा नेपाली जनता कहिल्यैपनि दुःख कष्टमा बस्नु नपर्ने बताउँदै बाम एकताबाट मात्रै मुलुकको समृद्धि हुने देखेर दुई शिर्ष दल एमाले र माओवादी एकजुट भएको बताउनुभयो ।
कार्यक्रममा अर्का समानुपातिक उम्मेदवार मनरुपा शर्मा, माओवादीका केन्द्रिय सदस्य गुप्त हमाले पर्वतका उपसचिब गोविन्द पहाडि लगायतले बोल्नुभएको थियो । चार वटै स्थानमा भएका कोणसभामा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




