२ मंसीर, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १४ आर्थर, रेस भन्ने स्थानमा यात्रुबहाक वस दुर्घटनामा प्रति नेकपा एमाले पर्वतको ध्यानाकर्षण भएको छ । एमालेले विज्ञप्ति निकाल्दै बस दुर्घटनामा मुत्यु भएका प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेकोे छ । नेकपा एमाले पर्वतका कार्यालय सचिव शिवलाल सार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको ब्यवस्था गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं ।’
पञ्चासे लेकबाट आर्थर आउँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ ।
बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस शुक्रबार ४ बजे दुर्घटना परेको हो । पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बसमा सवार झण्डै ४० यात्रु घाइते भएका छन ।




