२७ कार्तिक, पर्वत । आगामी कार्तिक ३० गते नेकपा एमाले अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री केपि ओली र माओवादी केन्द्रका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुश्मा आउने भएका छन ।
बाम एकताको सन्देश दिदै प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारहरुलाई मत माग्ने गरी उनीहरु कुश्मा आउन लागेका हुन । सोहि दिने कुश्माको बान्द्रेवीडि चौरमा बृहत आम सभाकोे आयोजना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक भक्त कुवंरले जानकारी दिए ।
कुँवरका अनुसार दिउँसो १२ बजे दुवै पार्टीका अध्यक्षहरुले चुनावी आमभसालाई सम्बोधन गर्नेछन ।




