५ कात्तिक, पर्वत । जीवनको लामो समयसम्म नेपाली काँग्रेसमा लागेर योगदान गरेपनि पार्टीले मुल्यांकन नगरेको भन्दै पर्वत काँग्रेसका अधिकांस अगुवा नेताहरु असन्तुष्ट बनेका छन् । लामो समय जिल्लामा रहेर र केन्द्रित तहसम्म पुगेपनि पार्टीले पटक पटक निर्वाचनका बेला धोका दिने गरेको र एउटै व्यक्तिलाई मात्रै पटक पटक संरक्षण गर्ने गरेको भन्दै असन्तुष्ट बनेका हुन् । पूर्व सांसद ऋषिकेश तिवारी, भवानीशंकर शर्मा, नेता राम शर्मा पौडेल, गंगाराज शर्मा, गंगाधर शर्मा, रुद्रलाल उपाध्याय, गिरीराज गौतम , लोकनाथ आचार्य लगायतका नेताहरु असन्तुष्ट बनेका हुन् ।
आफुलाई टिकट नदिएपछि पार्टी केन्द्रिय कार्यालयमै ठुलो आपत्ति र असुन्तुष्टि व्यक्त गरेका पूर्व सांसद तथा बौद्धिक नेता ऋषिकेश तिवारीले नेपाली काँग्रेसभित्र निष्ठा र त्यागको राजनीति हराएको बताएका थिए । उनले जीवनभर काँग्रेसको सिपाहि बनेपनि आफुजस्ता निष्ठाबान नेतालाई काँग्रेसले उपेक्षा गरेको बताए । त्यस्तै बागी उम्मेदवार हालेर पछि केन्द्रिय सदस्यको आवश्वासन पाएपछि फिर्ता लिएका पूर्व जिविस उपसभापति राम शर्मा पौडेलले पनि तिब्र असन्तुष्टी पोखेका छन् । उनले जोशी परिवार भित्रको एकाधिकार र अधिनायकबाद बाट काँग्रेस कार्यकर्ताहरुलाई छुटकरा दिलाउन उम्मेदवारी दिएका थिए । त्यस्तै त्यागि नेता भवानीशंकर पौडेलले जीवनभर काँग्रेसमा लागेर पनि पार्टीले सवै अवसरहरुबाट बञ्चित बनाएको बताएका छन् । उनले सँधै अरुका लागि हिडयो तर आफ्नो लागि हिड्ने अबसर पार्टीले नदिएको भन्दै तीब्र असून्तुष्टि जनाएका छन् ।
त्यस्तै फलेवासका गंगाराज शर्मा, खुर्कोटका गंगाधार पौडेल गिरीराज गौतम बसन्तबहादुर सिके लगायतका हस्ती नेताहरु पनि पार्टीभित्र योगदान र क्रियाशिलताको मुल्यांकन हुन छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनिहरुले पार्टी नसुध्रिए र पूर्व सांसद अर्जुनप्रसाद जोशीले सवै अवसरहरु आफुले मात्र लिइरहे भने अब पर्वतमा काँग्रेसको भविष्य नभएको खुलासा गरेका छन् । उनिहरुले आफु निकटका कार्यकर्तालाई मात्र लिएर हिँड्ने, पार्टीका पुराना सिपाहिहरुलाई बेवास्ता गर्ने, जनताको काम भन्दा आफ्नै स्वार्थमा मात्र लाग्ने हो भने अब विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् ।
काँग्रेसमा लामो समय त्याग र बलिदान गरेका नेताहरुलाई पैसा, शक्ति र पहुँचको आधारमा पाखा लगाउन नहुने काँग्रेसका युवा नेताहरुको पनि भनाई छ । उनिहरुले सवैलाई समेटेर जान नसके कार्यकर्ताहरुमा निरासा पैदा गर्ने र अर्को पार्टील फाईदा उठाउने बताएका छन् । यहि स्थितिलाई समाधान नगरे आगामी निर्वाचनमा बाम गठवन्धनका पदम गिरीको जीत सुनिश्चित रहेको र आफुहरुले समेत गिरीलाई मतदान गर्ने उनिहरुको भनाई रहेको छ ।
यति मात्र हैन केहि पर्वतका केहि नेताहरु विपि काँग्रेस खोल्ने तयारीमा समेत सक्रिय बनेका छन् ।




