Print

बालाकोट र लुंखुमा बाम गठबन्धनको चुनावी कार्यक्रम, कांग्रेसका पूर्व वडा अध्यक्ष सहितका कार्यकर्ता एमाले प्रवेश

२४ कार्तिक, पर्वत । महाशिला गाउँपालिकाको बालाकोट र लुंखुमा एमालेको चुनावी कार्यक्रम सम्पन्न भएकोछ । चुनावी कार्यक्रम अन्तर्गतको घरदैलो र कोणसभा गर्दै बामगठबन्धनका उमेदवारहरुले आफ्नो पक्षमा मत मागेका थिए । अभियान अन्र्तगतको कोण सभामा नेपाली कांग्रेस बालकोटका पूर्व वडा अध्यक्ष लोकराज हमाल, महाशिला ५ का अमृत अधिकारी, कृष्ण अधिकारी, ढण्डपानी अधिकारी लगाएतका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई एमालेका नेताहरुले टिका र माला लगाई स्वागत गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य विजय गुरुङले दासत्व युगबाट अव लोकतन्त्रको युगमा प्रवेश गरेको नेपाली समाजलाई अझै परिकृष्त गर्न सूर्य चिन्ह्मा मतदान गर्न आब्हान गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभाका उमेदवार पदम गिरीले कृषि र पर्यटन मार्फत आर्थिक उन्नतीका लागि देशमा एमालेको नेतृत्वमा सरकार बन्न आवश्यक रहेको औल्याए । उनले महाशिला दुरीको हिसावले मुकाम देखि टाडा रहेको पनि प्रचुर सम्भावनाको खानी महाशिलालाई विकसित महाशिला बनाउन स्थानीय सरकारसंगै केन्द्रिय र प्रदेश सरकार एमालेको बनाउन सूर्य चिन्ह्मा मतदान गर्न आब्हान गरे ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट पर्वत क्षेत्र न २ का प्रदेश सभाका उमेदवार एव्म पूर्व सांसद विकास लम्सालले यो क्षेत्रको विकासमा आफूसंग स्पष्ट खाका भएको खुलासा गरे । उनले ठेक्का पट्टा गर्ने र जनतालाई पैसामा खरिद गर्ने अभिष्ट बोकेकाहरुलाई जनताले मत नदिने भन्दै जनताको सुख र दुःखमा घरदैलोमा पुग्ने नेता नै जनताको रोजाईमा पर्ने भन्दै आफ्नो पक्षमा सूर्य चिन्हमा मतदान मतदातालाई अनुरोध गरे ।

कार्यक्रममा नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद कल्पना चापागाई, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गगनकुमार थापा, स्थानीय निकाय कर्मचारी संघका नेता हरीकुमार श्रेष्ठ, नेकपा एमालेका पार्टी सचिव तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, महाशिला गाउँपालिकाका अध्यक्ष एवम् एमाले नेता राजुप्रसाद पौडेल, वालाकोटका वडा अध्यक्ष रोशन गुरुङ, लुंखुका वडा अध्यक्ष जीवन उचै ठकुरी लगाएतका नेताहरुले संयुक्त बाममोर्चाका चुनाव चिन्ह्मा मतदान गर्न मतदातालाई अनुरोध गरेका थिए ।