२३ कार्तिक, पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बाम गठवन्धनका उम्मेदवारहरुको चुनावी सभा महाशिला गाउँपालिकाको होश्राङ्दी र भोक्सिङमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेशसभा सदस्यका उम्मेदवार विकास लम्साल तथा समानुपातिकका उम्मेदवारहरुले भोक्सिङ्ग र होश्राङदीमा पुगि छुट्टाछुट्टै कोणसभा र घरदैलो गरेका हुन् ।
घरदैलोमा पुगेका उमेदवारहरुलाई पर्वतले विगत १८ बर्ष झुक्किएर सहि नेतृत्व चयन गर्न नसकेको भन्दै अव भने गल्ति नदोहोरिने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सो अवसरमा बोल्दै प्रतितिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले मुलुकको समृद्धिको लागि बाम एकताको बिकल्प नभएको बताउँदै बाम शक्तिको सरकारपछि मात्र मुलुकको अग्रगामी विकास हुने बताउनुभयो ।
गिरीले पर्वत जिल्लाका समस्याहरुलाई प्रतिनिधिसभामा पुगेर समाधान गर्नका लागि पहल गर्ने बताउँदै बाम गठवन्धनलाई बिजयी गराउन सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म कुशल नेतृत्व नपाउँदा जिल्ला चौतर्फि हिसावले अघि बढ्न नसकेको बताउँदै अग्रगामी सोच लिएर आफु अघि आएको समेत गिरीले बताए ।
त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार विकास लम्सालले अघिल्लो संविधानसभा निर्वाचनमा आफुलाई बिजयी गराएर संविधान निर्माण गर्न सफल भएको बताउँदै आगामि दिनमा यो क्षेत्रको आर्थिक समृद्धिको पक्षमा काम गर्ने बताए । उनले मुलुकलाई अघि बढाउनका लागि बाम गठवन्धन विशेष योजनाका साथ अघि आएको बताउँदै भोक्सिङ्ग र होश्राङ्दीका सम्भावनाहरुलाई पहिचान गरी आफुले दिर्घकालीन योजना ल्याउने पक्षमा रहेको बताए । उनले समृद्ध पर्वतको खाका आफुले तयार गरिसकेको बताउँदै यहाँ भएका सम्भावनाहरुलाई पहिचान गरेर स्वरोजगार सिर्जना गरिने समेत बताए ।
कार्यक्रममा समानुपातीक उम्मेदवार तथा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङ्गले सुर्य चिन्हमा मतदान गरी बाम उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । त्यस्तै नेकपा केन्द्रिय सल्लाहाकार सदस्य कल्पना चापागाई, माअोवादी केन्द्रिय सदस्य गगन थापा, एमाले पर्वतका सचिब पदमपाणी शर्मा, पूर्व उपाध्यक्ष राजु पौडेल, नेता देवेन्द्र पाण्डे लगायतले बोलेका थिए ।




