Print

संघ र प्रदेश निर्वाचन : बाम गठनबन्धन र कांग्रेसले पर्वतमा यसरी टुंगाउँदैछ उमेदवार (सुचि सहित)

१३ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उमेदवारी छनौट प्रक्रिया राजनैतिक दलहरुले अन्तिम चरणमा पुराएका छन । आगामी कार्तिक १६ गते उमेदवारी दर्ता गर्ने समय रहेकाले त्यो समय अगावै उमेदवारी टुंगाउने कसरतमा राजनैतिक दलहरु जुटिरहेका छन । पर्वतमा मुख्य गरी बाम गठन बन्धन (एमाले र माओवादी) र नेपाली कांग्रेस वीच प्रतिस्पर्धा हुने भएकाले ति दलहरु आफ्नो उमेदवार छनौटमा ब्यस्त देखिन्छन ।

नेपाली कांग्रेस

यस अघि नेपाली कांग्रेसले दलका शीर्षस्थ नेताहरुको उमेदवार टुंगाउने लिस्टमा पर्वतबाट प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतका अर्जुन जोशीको उमेदवारी तय गरिसकेको छ । कांग्रेसले प्रतिनिधि सभाका लागि जोशीको उमेदवारी तय गरेपछि क्षेत्र न १ (क) र क्षेत्र न २ (ख) मा आफ्नो उमेदवार टुंगाउने कसरमा नेपाली कांग्रेस जुटेको छ । कांग्रेसको तर्फबाट केन्द्र्रिय सदस्य समेत रहेका निर्वतमान सांसद जोशीलाई केन्द्रिय निर्वाचनमा उठाउने निर्णयसंगै प्रदेश निर्वाचनमा उमेदवारहरुका वीचमा उमेदवारी हत्याउने तिव्र प्रतिस्पर्धा देखिन्छ । जोशीले आफूले चुनाव लड्ने सन्दर्भमा आफूले सिफारिस गरेकाहरुलाई पार्टीले टिकट दिनुपर्ने लबिङमा देखिन्छन । क्षेत्र न १ बाट नवराज गुरुङ, राम शर्मा, विद्धान गुरुङ र कृष्ण केसी टिकटका लागि लबिङमा छन । जेष्ठताको हिसावले नवराज गुरुङले टिकट पाउने आकलन गरिएपनि जोशीले भने केसीको नाम सिफारिस गरेको कांग्रेस श्रोत बताउँछ । गुरुङ कांग्रेस पर्वतका पुर्व सभापति हुन भने २०७० सालको संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न २ मा एमालेसंग पराजीत भएका उमेदवार समेत हुन । सभापति देउवाका विश्वासपात्र मानिने गुरुङसंगै शर्मा पनि टिकटका बलियो आकाक्षीको रुपमा छन । उनी जिल्ला विकास समिति पर्वतका पुर्व उप सभापति समेत हुन । तरुण दलका केन्द्रिय कोषाध्यक्ष रहेका अर्का गुरुङ र केसीले भने कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व गर्छन ।

उता, क्षेत्र न २ मा भने ऋषीकेश तिवारी र राजेन्द्र तिवारी वीच उमेदवारीको रस्साकस्सी चलेको देखिन्छ । ऋषीकेश तिवारी पूर्व सासंद र नेपाली कांग्रेसका मुख्य सचिव समेत भईसकेको पुराना नेता हुन भने अर्का तिवारीले युवा पुस्ताको प्रतिनिधित्व गर्छन । उनी महाधिवेशन प्रतिनिधि हुन । जोशीले आफू केन्द्रीय चुनाव लड्ने सन्दर्भमा युवा पुस्ताका तिवारीको नाम सिफारिस गरेको श्रोत बताउँछ ।

उता, कांग्रेस कार्यकर्ता जोशी केन्द्रिय निर्वाचनमा लड्ने पक्का भएपछि प्रचार प्रसारमा जुटेका छन । जोशी पर्वतमा ३ पटक निर्वाचनमा विजयी भएको हिसाबले जिल्लामा बलिया नेताका रुपमा चिनिन्छन । यद्यपि कांग्रेस प्रदेशको टिकटमा विवेक नपुराएमा भने कांग्रेसलाई जिल्लामा बामपन्थीहरुले सहजै पराजय गराउन सक्ने कांग्रेस बृत्तमा चर्चा शुरु भएको छ । स्थानीय तहको मतसंख्याको हिसाबले बामपन्थीहरुको संख्या जिल्लामा झण्डै ५ हजारको संख्यामा बढि देखिन्छ । यो हिसावले एकता मजबुद भएमा भने कांग्रेसलाई जितका लागि ठूलो संघर्ष गर्नुपर्छ ।

बामगठन बन्धन

नेकपा एमाले र माओवादीको संयुक्त बामगठ बन्धन पनि आफ्नो उमेदवार छनौटको अन्तिम कसरतमा छ । गठन बन्धन भित्र प्रतिनिधि सभा र क्षेत्र न २ (ख) मा नेकपा एमालेले उमेदवार उठाउने सहमती भईसकेको छ । उता, क्षेत्र न १ (क) मा भने माओवादीले उमेदवार उठाउँदैछ ।

केन्द्रिय प्रतिनिधि सभाका लागि एमालेले उमेदवारी उठाउने भएपछि एमाले बृत्तमा उमेदवारको रस्साकस्सी शुरु भएको छ । यस अघि पर्वत न्यूज डटकमले चर्चा गरेका एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेश सह संयोजक गणेश तिमिल्सीना प्रतिनिधि सभाको उमेदवारको अन्तिम कसरतमा छन । यसैगरी प्रदेश न १ माओवादीको कोठामा परेपछि एमाले जिल्ला अध्यक्ष पदम गिरी पनि पार्टीले उमेदवारी दिएमा प्रतिनिधि सभाको निर्वाचनमा लड्ने मानसिकतामा देखिन्छन । एमालेले तिमिल्सीना वा गिरीलाई उमेदवार बनाउने गरी छलफल अगाडि बढाएको छ । यद्यपि यस अघि देखि नै चर्चामा रहेका केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल र पुर्व सांसद कल्पना चापागाईले आफ्नो उमेदवारीलाई बलियोसंग केन्द्रिय नेतृत्व सामू प्रस्तुत गरिराखेकाले एमाले नेतृत्वलाई उमेदवार छनौटमा सकस परेको छ । यसैगरी पूर्व सांसद विकास लम्साल भने प्रतिनिधि सभामा आफ्नो सम्भावना नदेखेपछि प्रदेश सभाको लागि लबिङ गरिराखेको एमाले श्रोत बताउँछ । लम्साल पनि प्रतिनिधि सभाका आकाक्षी हुन । पर्वत क्षेत्र न १ माओवादीको कोटामा परेपछि प्रतिनिधि सभाका लागि क्षेत्र न १ का नेताले टिकट पाउने देखिएको एमाले कार्यकर्ताहरु बताउँछन । यस अघि कांग्रेसले जोशीको उमेदवारी टुंगाएसंगै जोशीलाई टक्कर दिने गरी उमेदवार चयन गर्ने एमालेले तयारी गरेको बताईन्छ ।

एता, क्षेत्र न १ मा माओवादीले उमेदवार उठाउने भएपछि भने माओवादीले यस अघि देखि नै चर्चामा ल्याएका माओवादीका पोलिटब्यूरो सदस्य नेत्र अधिकारी चर्चामा छन । माओवादीले आधाकारिक निर्णय नगरेपनि अधिकारीको उमेदवारी पक्कापक्की जस्तै छ । अधिकारी २०७० सालको निर्वाचनमा पर्वत क्षेत्र न १ बाट तेस्रो स्थान प्राप्त गरेका नेता हुन ।

जिल्लाको क्षेत्र न २ मा पनि एमालेलाई उमेदवार छनौटमा सकस देखिन्छ । यस अघि प्रतिनिधि सभाका आकाक्षीको रुपमा देखिएका लम्सालले प्रतिनिधि सभामा उमेदवारी नपाउने भएपछि प्रदेशमा आकाक्षा राखेका छन । लम्साललाई प्रदेशका आकाक्षीहरुले प्रदेशमा नआउन सुल्झाएपछि भने लम्साल थप समस्यामा छन । प्रदेश निर्वाचनका लागि एमालेका पुर्व पार्टी प्रमुख मोती पौडेल, नेता देवन्द्र पाण्डे, हरीकुमार श्रेष्ठ र सुन्दर भुषालको आकाक्षा तिव्र छ । पार्टी नेतृत्वले लम्साललाई प्रदेशमा उठाउने सम्भावना समेत रहेको एमाले श्रोतको भनाई छ । तर, प्रदेशका आकाक्षीहरु भने प्रदेशका आकाक्षीहरुबाट नै उमेदवार तय गर्नुपर्ने गरी लबिङमा जुटेका छन । पौडेल यस अघिको २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि उमेदवार बनेका नेता हुन भने पाण्डे लामो समय पार्टीको राजनीतिमा सक्रिय बनेर पनि हालसम्म उमेदवार हुने अवसर नपाएका नेताको रुपमा चिनिन्छन । श्रेष्ठ केन्द्रिय लेखा आयोगमा बसेर काम गरेकाले केन्द्रिय नेतृत्व उनी प्रति सकारात्मक देखिन्छ । भुषाल युवा संघका केन्द्रिय सदस्य हुन ।

एमालेको स्थायी कमिटिको वैठकले उमेदवारको अन्तिम नाम टुगाउँदैछ । बामएकतासंगै मतसंख्यामा बलियो मानिएको एमालेले जित्नसक्ने नेतृत्वको खोजी गरिहेको छ भने कांग्रेस पनि एकतालाई धावा बोल्ने गरी चुनावी मैदानमा उत्रने नेतृत्वको खोजीमा छ । सोमबार बेलुकासम्म नभएर मंगलबार भने दुवै पार्टीले उमेदवारको अन्तिम नामावली टुंगाउने सम्भावना रहेको पार्टी श्रोतहरु बताउँछन ।

यी समाचार पनि पढनुहोस्

 

प्रदेश र संघमा पर्वतबाट चुनाव लड्ने कांग्रेसका यी हुन आकाक्षीहरु

 

 

संघ र प्रदेशको चुनाव हाक्ने एमालेका यी हुन पर्वत बलिया उमेदवारहरु