१६ असोज, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा (संघ) र प्रदेशको निर्वाचनका लागि उमेदवार छान्न आज एमालेको वैठक वस्दैछ । जिल्ला कमिटिको वैठकले प्रदेश सभा क्षेत्रीय समन्वय कमिटिलाई पूर्णता दिने बताइएको छ ।
उता, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको समेत पूर्णतासंगै आज वस्ने क्षेत्रीय समन्वय कमिटिको वैठकमा उमेदवारी दर्ता हुनेछन । जिल्लामा दुई वटा प्रदेश क्षत्रीय समन्वय कमिटिका वैठक भने छुटाछुट्टै वस्दैछन ।
वैठकमा नेताहरु उमेदवारको आकाक्षा प्रकट गर्ने र त्यस उपर आपसी छलफलका माध्यमबाट १ महिला सहित ३ जनाको नाम क्षेत्रीय कमिटिले जिल्ला कमिटिमा सिफारि गर्ने बताइएको छ । जिल्ला कमिटिले क्षत्रीय कमिटिबाट प्राप्त नामावली उपर आफ्नो राय सहित प्रदेश कमिटिलाई पठाउने छ । प्रदेश कमिटिले जिल्लाबाट प्राप्त राय सुझाबका आधारमा आफ्नो समेत सिफारिस एमालेको स्थायी कमिटिलाई पठाउने र स्थायी कमिटिले उमेदवारको अन्तिम टुंगो लगाउने गरी तयारी गरीरहेको छ ।
आज बस्ने जिल्ला कमिटिको वैठकमा दुई क्षत्रीय कमिटिका इन्चार्ज टुंगीने छ । ति इन्चार्जले राख्ने वैठकमा निर्वाचनमा उमेदवार हुन इच्छुकहरुले नामावली दर्ता गराउनेछन । हालसम्म औपचारिक रुपमा उमेदवारी सार्वजनिक नभएपनि एमाले पंक्ति भित्र निर्वाचनमा उमेदवार हुन इच्छुक दर्जन बढि नेताहरु देखिएका छन ।




