Print

प्रदेश र संघको चुनावमा टिकटको कसरत शुरु : पर्वतमा एमाले र कांग्रेसका नेताहरु यसरी गर्दैछन दौडधुप

२६ भदौ, पर्वत । सरकारले आगामी मंसीर २१ गतेका संघ र प्रदेशको चुनाव गर्ने गरी मिति तोकेसंगै पर्वतमा चुनावी सरगर्मी शुरु भएको छ । राजनैतिक दलहरु वीच चुनावमा टिकट कस्ले हत्याउने भन्ने विषयमा बहस शुरु भएको हो ।

पर्वतमा मुख्य गरी एमाले र नेपाली कांग्रेस वीच नै प्रतिस्पर्धा हुने भएकाले एमाले र कांग्रेसमा कस्ले टिकट हत्याउने भन्ने विषयमा पार्टी भित्र आन्तरीक चर्चा शुरु भएको छ । पर्वतले संघमा एक जनालाई निर्वाचित गर्न सक्नेछ भने प्रदेशमा २ जना निर्वाचित हुनेछन । दुवै निर्वाचनका लागि एमाले र कांग्रेस वीच आकाक्षीहरुको संख्या ठूलो देखिएको छ ।

प्रदेशका लागि २ वटा निर्वाचित क्षेत्र भएकाले दुवै पार्टीबाट दुई जना नेतालाई टिकट दिनसक्नेछ भने संघमा १ जनाले टिकट पाउनेछन । केहि नेताहरु स्थानीय तहको निर्वाचनमा टिकट पाएर पनि पराजित भएकाले उनीहरुको सम्भावना कम देखिन्छ ।

अर्को तर्फ स्थानीय तहको निर्वाचनमा टिकट नपाएकाहरु पुनः संघ र प्रदेशको निर्वाचनमा उठ्ने गरी तयार रहेको देखिएकाले पार्टी भित्र स्थानीय तहको निर्वाचनमा टिकट नपाएकाहरुको चित्त बुझाउने गरी निर्णय गर्न गाहे देखिएको छ ।