Print

गैर आवासीय नेपाली संघ रुसले पर्वतको विहादीमा एम्बुलेन्स प्रदान गर्ने

२५ भदौ, पर्वत । गैर आवासीय नेपाली संघ रुसको सहयोगमा पर्वतको विहादी गाउँपालिकामा एम्बुलेन्स सहयोग प्रदान हुने भएको छ । ग्रामीण क्षेत्रका विरामीहरुलाई स्वास्थ्य उपचारमा सहज होस भन्ने उद्दे्रश्यका साथ संघले एम्बुलेन्स हस्तान्तरण गर्न लागेको हो । एम्बुलेन्सले विशेषगरी सुत्केरी र दुर्घटनामा परेका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ ।

यस अघि पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकार र विभिन्न सहयोगी निकायहरुबाट एम्बुलेन्स प्रदान गरिएको छ । तर एम्बलेन्सको दिर्घकालीन सञ्चालनमा सवैजसो ठाउँमा समस्या देखिएको छ । एम्बुलेन्सको नियमित मर्मत सभ्भार गर्न नसक्दा एम्बलेसन्स सेवा प्रयोग विहिन बन्दै गएको छ । एम्बलेन्सको नियमित मर्मत खर्च धेरै आउने र त्यसको आम्दानी भने कम हुने भएकाले खर्चलाई आम्दानीले ब्यवस्थापन गर्न नसकेको गुनासोहरु आउने गरेका छन ।