२१ भदौ, पर्सा । पर्साको विरगञ्ज महानगरपालिकामा पार्टी नेतृत्वले पैसा दिनेलाई स्थानीय तहमा उम्मेदवार बनाएको भन्दै एकिकृत माओवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।
पार्टी कार्यकर्ताले केही वडाका उम्मेदवार पैसाको चलखेलमा चयन भएको भन्दै पार्टीका झण्डा समेत जलाएर विरगञ्जको घन्टाघरमा प्रदर्शन गरेका हुन् ।
आक्रोशित माओवादी कार्यकर्ताले पार्टी अध्यक्ष पुष्पकमल दाहालको पुत्ला समेत जलाएका छन् ।





