२० भदौ, पर्वत । उमेरले २५ बर्षका दुर्गा विश्वकर्मा गाउँ घरमै बसेर पसल सञ्चालन गर्दै आएका थिए । प्रहरी अनुसन्धान भन्छ–‘यौन सन्तुष्टिका लागि दुर्गाले अम्बिकालाई प्रस्ताव गरे ।’
कुश्मा नगरपालिका वडा न १ पाङका विश्वकर्माले कुश्मा नगरपालिका वडा न ३ खुर्कोटकी १७ बर्षिया अम्बिका कँडेललाई गरेको प्रस्ताव कँडेलले सहर्ष स्विकार गरिन । यौन सम्बन्ध शुरु भएको महिना देखि नै कँडेलको गर्भमा विश्वकर्माको सन्तान बढ्न शुरु गरयो ।
अवैध रुपको सम्बन्ध ढाँटनका लागि महिनावारी भएको नाटक गर्दै कँडेलले ९ महिना गुजारिन । जव ९ महिना पछि गर्भको शिशु धर्तिमा आउने समय भयो, अम्बिकाले शौचालयमा शिशुको जन्म त दिइन तर शिशुको हत्या गरेर अर्कै ब्यक्तिको घरको करेसोमा फालिदिइन ।
वेवारिसे शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई गरेको खबर र प्रहरीले स्थानीयबासीसंग गरेको सम्बादका आधारमा कँडेल र विश्वकर्मालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका दुवैले घटनाको बारेमा सत्य तथ्य बताए, र आफूहरुको अवैध सम्पर्कबाट शिशु जन्मेको स्विकार गरे । शिशुलाई हत्या गरी फालेको समेत कँडेलले स्विकार गरिन । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा छन ।
उनीहरुलाई शिशु हत्याको आरोपमा प्रहरीले अनुसन्धान गरी रहेको छ । जिल्ला अदालत पर्वतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया प्रहरीले अगाडि बढाएको हो । अवैध सम्पर्क राख्ने र जन्मेको शिशुलाई हत्या गर्नेहरु विरुद्ध अदालती प्रक्रिया र उनीहरु माथिको कारबाहीका विषयमा भने आम चासोको विषय बनिरहेको छ ।




