Print

कुश्मामा रहेको युनाइडेट मोदी हाइड्रोपावरले गत बर्ष कति नाफा गरयो ? (हेर्नुहोस विस्तृतमा)

२९ साउन, पर्वत ।  युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड (United Modi Hydropower Limited) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रेमासमा खुद मुनाफा ४ करोड ८८ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलना भन्दा २४ दशमलव ०९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको युनाइटेड मोदी (UMHL)ले जगेडाकोषमा ६ करोड २४ लाख रुपैयाँ राखिएको छ । त्यस्तै लगानी १९ करोड ४० लाख रुपैयाँ गरेको छ । जसको प्रतिशेयर आम्दानी ४ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८० दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ०१ प्रतिशत रहेको छ ।