Print

स्वर्गीय नारायण पौडेलको परिवारलाई प्रवासी नेपालीले गरे आर्थिक सहयोग

२६ साउन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ घर भएका स्वर्गी शिक्षक नारायण पौडेलको परिवारलाई आर्थिक सहयोग गरिएको छ । पर्वत सेवा समाज युएइ नामक संस्थाले आर्थिक सहयोग गरेको हो । पौडेलको घरमै पुगेर उनको परिवारलाई समाजले ६० हजार नगद सहयोग गरेको संस्थाका सह सचिव राजेन्द्र कार्कीले जानकारी दिए ।

पौडेल कुश्मा स्थित एक नीजि विदालयमा अध्यापनरत थिए । रहस्मय ढङगले मृत्यु भएको पौडेलको परिवारमा आर्थिक रुपमा कमजोर भएकाले केहि सहयोग होस भन्ने उद्देश्यले उक्त सहयोग रकम प्रदान गरिएको समाजले जनाएको छ । सहयोग सरकम संस्थाका सह सचिव कार्की र निर्वतमान केन्द्रिय सदस्य कृष्णप्रसाद तिवारीले प्रदान गरेका हुन । उक्त सहयोग रकम पौडेलका बुवा पदमपाणी पौडेललाई प्रदान गरिएको थियो ।