२० साउन, भरतपुर । भरतपुर महानगरपालिकाको वडा नं. मतदान सक्किएसँगै मतगणनाको तयारी सुरु भएको छ । मतगणना अहिले केही समयपछि हुँदैछ ।
यसअघि माओवादी केन्द्रका प्रतिनिधिहरूले मतपत्र च्यातको घटनाबाट पाठ सिकेर निर्वाचन कार्यालयले मतगणनास्थलको कडा सुरक्षा व्यवस्था अपनाएको छ ।
मतगणना गर्ने ठाउँमा तारजाली लगाउनुका साथै सिसिक्यामेरा समेत जडान गरिएको छ । यसपटक माओवादी केन्द्र मात्रै होइन कुनै पनि दलका प्रतिनिधिहरू मतगणना भइरहेको स्थानमा कुनै पनि हालतमा प्रवेश गर्न पाउने छैनन् ।




