Print

फलेवास नगरको ऐतिहासिक पहिलो नगर सभाको बजेट नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने

२८ असार, पर्वत । जिल्लाको फलेवास नगरपालिकाको पहिलो ऐतिहासिक नगर सभाको नीति बजेट तथा कार्यक्रम विहिबार सार्वजनिक हुँदैछ । आगामी आर्थिक बर्षका लागि तय भएको बजेट, नीति तथा कार्यक्रम एक समारोहका वीच विहिबार सार्वजनिक गरिने फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

शर्माका अनुसार कुल बजेटको बाँडफाँड स्थानीय आवश्यकताका आधारमा गरिएको छ । सामाजिक क्षेत्रमा सवैभन्दा भन्दा बढि बजेट विनियोजन भएको फलेवास नगरपालिकाका भौतिक पूर्वाधार र कृषि क्षेत्रमा पनि बजेट बिनियोजन गरिएको बताइन्छ । ब्यवस्थित र फरक शैलीबाट नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने गरी तयारी भइरहेको शर्मा बताउँछन । जिल्लाका ७ स्थानीय तह मध्ये सदरमुकाम कुश्मा पछिको दोस्रो ठूलो नगरपालिकाको रुपमा फलेवास नगरपालिकालाई हेरिएको छ ।

विकासका थुप्रै सम्भावना रहेर पनि अझै धेरै विकास गर्न आवश्यकता रहेको फलेवास नगरपालिका संघिय संरचनामा राज्य सम्हाहित भएपछि घोषणा गरिएको नयाँ नगरपालिका हो । नगर क्षेत्रका सवै खालका समस्याहरुलाई समाधान गर्नका लागि बजेट, नीति तथा कार्यक्रम सार्थक हुने नगर प्रमुख शर्माले पर्वत न्यूजसंग दावी गरे । उनले भौतिक पूर्वाधारका ठूला आयोजनाहरु सञ्चालन गर्न आवश्यकता रहेको भन्दै पहिलो नगर सभाले ऐतिहासिक निर्णयहरु गरेको समेत दावी गरे । ि