Print

पहिरोमा उद्धार गर्दा पर्वतका एक प्रहरी जवानको ज्यान गयो

२७ असार, पर्वत ।हर्पन खोलाले बगाउदा वेपक्ता भएका दुई जना युवाको आज शव भेटिएको छ । शव निकाल्ने क्रममा एक जना प्रहरी जवानको ज्यान गएको छ । शव निकाल्ने क्रममा प्रहरी जवान वल बहादुर कुवंरको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनी पर्वत ठुलीपोखरीको भएको पनि बताईको छ ।

वेपत्ता भएका युवाहरुको खोजि कार्यमा कुवंर सहितको टोली मंगलबार विहानै देखि उद्धारमा जुटेको थियो । हर्पन खोलामा वेपक्ता भएका युवाहरुको खोजि गर्ने क्रममा कुवंर खोलामा ललित पुनको शव देखे पछि उनले अन्य उद्धार टोलीलाई खवर गरेर शव रहेको जानकारी गराएका थिए ।

कुंवर पानी भित्र पसे पनि पानीको सतह मुनि हिलो र लेदो माटो भएको कारणले गर्दा कुंवर केहि समयसम्म ननिस्के पछि उद्धार टोलीले उनलाई तत्काल निकालेर गण्डकी मेडिकल कलेजमा पुर्याएसंगै अस्पतालले उनलाई मृत घोषणा गरेको हो । पानीको सतह मुनि हिलो र लेदो माटो भएको कारणले गर्दा कुंवर सहित अन्य युवा हर्पन खोलामा ज्यान गुमाउनु परेको स्थानियले  बताए ।