Print

पर्वतको फलेवासका गौडेल घरबाटै वेपत्ता

२४ असार, पर्वत । पर्वतको फलेवास नगरपालिका वडा न ४ मुडिकुवाका दिपेन्द्र गौडेल वेपत्ता भएका छन । गत विहिबार देखि उनी घरबाटै विहान ३ देखि ४ बजेको समयमा वेपत्ता भएका हुन । विहानको समयमा घरबाट निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवार श्रोतले जनाएको छ ।

गौडेलको खोजी कार्यका लागि आफन्तहरुले सामाजिक सञ्जालमा उनको तस्विर पोस्ट गर्दै खोजी कार्यका लागि सहयोग गर्न सवैमा अनुरोध गरेका छन ।

कृषि विकास वैकमा कार्यरत उनीको वेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय पर्वतमा भने कुनै उजुरी वा निवेदन प्राप्त नभएको प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिए ।

वेपत्ता गौडेलको अवस्था शनिवार रातीसम्म पनि अज्ञात रहेको उनका आफन्तहरुले जनाएका छन ।