१३ असार, पर्वत । निर्वाचन आयोगले ३ दिन भित्र समन्वय समितिको वैठक राख्न प्रथम चरणको निर्वाचन सम्पन्न भएका जिल्लाहरुलाई परिपत्र गरेको छ । परिपत्र बमोजीम जिल्ला समन्वय समितिको वैठक बुधबार विहान जिल्ला समन्वय समितिमा वस्दैछ । निर्वाचन आयोगले पहिलो वैठक बोलाउन स्थानीय विकास अधिकारीलाई जिम्मेवारी तोकेको छ । अधिकारीले बोलाएको पहिलो वैठकमा समितिको संख्या निर्धारण साधै समन्वय समितिको प्रमुख र उपप्रमुख सहितका सदस्यहरु चयनको प्रक्रिया अगाडि बढनेछ बताइएको छ । पर्वतमा प्रमुख र उपप्रमुख चयनमा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
बहुमत सदस्य एमालेको तर्फबाट गाउँ र नगरमा विजयी भएका कारण समितिमा एमालेको वर्चश्व हुने भएकाले एमाले भित्र प्रमुख र उपप्रमुखका वीच बहस शुरु भएको हो । जिल्ला कमिटिले वैकल्प विहिन निर्णय गरेमा त्यो नै अन्तिम हुने देखिन्छ भने, जिल्ला कमिटिले वैकल्पिक सदस्य सहित सिफारिस गरेमा प्रदेश कमिटिले अन्तिम निर्णय गर्ने बताइएको छ । विवाद प्रदेशले नमिलाएमा मात्र केन्द्रिय कमिटिमा सिफारिस हुनसक्नेछ ।
प्रमुख पदका लागि हाल प्रदेश कमिटि सदस्य मनोहर विश्वकर्मा पौडेल र पर्वत क्षेत्र न १ का क्षेत्रीय सभापति शान्त पौडेलको चर्चा छ । विश्वकर्मा कुश्मा नगरपालिकाका सदस्यमा निर्वाचित भएका हुन भने पौडेल वडा कमिटि सदस्यमा निर्वाचित सदस्य हुन । पौडेल समन्वय समितिकै लागि वडासदस्य बनेका थिए ।
उता, विश्वकर्मा पनि समन्वय समिति जाने तयारीका साथ उपल्लो कमिटिका नेताहरुको सुझाबका आधारमा नगरसभा सदस्यमा उमेदवार बनेको बताइएको छ । पौडेल साविकको पिपलटारी गाविसका निर्वतमान गाविस अध्यक्ष समेत हुन । पाटी भित्र दुई मध्ये एकलाई प्रमुख र अर्कालाई उपप्रमुख बनाउने गरी छलफल हुनसक्ने अनुमान कार्यकर्ताहरुको छ ।
दुवै सक्षम र स्थानीय निकायमा अनुभवी नेता भएका कारण दुवैलाई नेतृत्वमा पुराउने गरी आन्तरीक छलफल पनि शुरु भएको छ । समन्वय समिति बढिमा ९ सदस्यीय बन्नेछ ।




