१० असार, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा न ८ चुवामा रहेको त ल्लो मोदी १ जलविद्युत आयोजनाको हेलचेक्राइका कारण स्थानीय वस्ती उच्च जोखिममा परेको छ । मोदी गाउँपालिका वडा न ६ तिलाहारमा रहेको गाडतारा स्थित बस्ती उच्च जोखिममा परेको हो ।
बर्षायाममा मोदी खोलाको भेल उच्च हुने र खोलाले नदी तटको जमिनमा कटाइ गर्दै गइरहेका कारण बस्ती जोखिममा परेको हो । वस्ती जोखिममा परेपनि आयोजनाले भने कुनै वास्ता नगरेको स्थानीयबासीहरु बताउँछन । १० मेगावाट क्षमताको आयोजनाले स्थानीय वस्तिको सुरक्षामा हालसम्म पनि कुनै ब्यवस्थापन गरेको छैन ।
नदीमा तटवन्धन निर्माण र खोलाको धारलाई ब्यवस्थापन नगर्दा झण्डै १ दर्जन भन्दा बढि घरधुरी रहेको उक्त बस्ती उच्च जोखिममा परेको हो ।
पोखरा बागलुङ राजमार्गसंगै रहेको उक्त आयोजनाकै कारण राजमार्ग समेत जोखिममा छ । गत बर्ष आयोजनाले नदीको धार रोकिदिँदा नदीले राजमार्ग समेत बगाएको थियो । हाल रागमार्गको मर्मत कार्य भईरहेको छ तर, वस्तीको सुरक्षामा भने कुनै कदम चालिएको देखिदैन ।
भिडियो




