Print

माझी बस्तीमा सोलार लाईट हस्तान्तरण

१० असार, पर्वत । रोटरी क्लब अफ पर्वतद्वारा माझी बस्तीमा सोलार लाईट हस्तान्तरण सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ पर्वतले पर्वतको मालढुङ्गामा रहेको माझी बस्तीमा सोलार लाईट हस्तान्तरण गरेको छ ।

क्लबले गत बर्ष अविरल वर्षा संगै अाएको पहिरो बाट पिडित बनेको १८ परिवार लाई १८ थान सोलार लाईट एक कार्यक्रमका माझ हस्तान्तरण गरेको हो । उक्त सोलार लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिअोम शर्मा लामिछानेले रोटरी क्लब पर्वतले समाजका हरेक संबेदनसिलतामा अाफ्नो उपस्थिति देखाउने गरेको भन्दै सोलार लाईट हस्तान्तरण पनि एक उत्कृष्ट कार्य भएको बताउनुभयो । उपयुुक्त स्थान मा उपयुुक्त सामग्री छनोट गरेकोमा खुसी ब्यक्त गर्दै सामाजिक क्षेत्रमा यसरी नै कृयाशिल बनिरहनेमा अाफु बिश्वस्त रहेको भन्दै रोटरी क्लब र पर्वत उद्योग बाणिज्य संघको सम्बन्धको चर्चा गर्नुभएको थियो ।

रोटरी क्लव अफ पोखराको समन्वयमा १८ थान सोलार लाईट १८ घर परिवारलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गणेश पौडेलले बताउनुभयो । करिव ३ हजार ५ सय मुल्य बरावरको उक्त सोलार लाईट बिजुली नभएको बेला  सय वाट क्षमतामा बत्ती बाल्न मोबाइल चार्ज गर्न र रेडियो बजाउन समेत उपयोगी भएको पौडेलले बताउनुभयो । स्थानिय बासिन्दा र रोटरीयनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिगत देखि नै माझी बस्तीमा रोटरीको सहयोग प्राप्त भैरहेकोमा खुसि ब्यक्त गर्दै स्थानिय गणेश माझीले अागामी दिनमा पनि क्लव बाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष शिव शर्मा पौडेलको स्वागत , उपाध्यक्ष केदारनाथ शर्माको धन्यवाद ज्ञापन र पुर्व अध्यक्ष प्रेम प्रशाद पौडेलको संचालनमा रहेको थियो ।