२७ जेठ, पर्वत । रोजगारीका लागि दक्षिण कोरियामा पुगेका पर्वतका एक युवाको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यांगिँदो पुछन सुगुरी स्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वतको कुश्मा नगरपालिका ११ का २८ वर्षिय राजकुमार बिकको बिहीवार मेशिनमा बेरिएर मृत्यु भएको हो ।
विगत ३ बर्ष अघि कोरिया पुगेका बिकको कम्पनीमा काम गर्दा गर्दै मेसिन पेलिएर मृत्यू भएको हो । उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । कम्पनी मालिकलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको त्यहि कम्पनीमा कार्यरत एक नेपालीले घरपरिवारलाई जानकारी दिएका छन् ।
नेपालमा हजारौँ यूवाहरूले कोरियाली भाषा परिक्षा दिने तयारी गरिरहेको पूर्वसन्ध्यामा यस्तो दुर्घटना भएको हो ।
उनको मृत्युको खवरले घरपरिवारमा सन्नाटा छाएको छ । पहिलोपटक कोरिया पुगेका उनि आगामी वर्षमा घर फर्किने तयारी रहेको थियो ।




