Print

कालीगण्डकी नदीमा वेपत्ता युवाको खोजी विहिबार दिउँसो देखि तिव्र

पर्वत २५ जेठ  । कालीगण्डकी नदिमा डुवेर वेपत्ता भएका युवकको खोजीका लागि गोताखोर टोलि परिचालन गरिएको छ । बागलुङ नगरपालिका स्थित काठेखोला–८ बागलुङका १९ वर्षिय युवा सुनिल पुन मंगलवार साँझ कालीगण्डकीमा डुवेर वेपत्ता भएका थिए ।

पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगावाट नदिमा डुवेका उनको नदिका दुवै किनारामा खोजी गर्दा पनि नभेटिएपछि बिहीवार शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल चण्डिका गण कुश्माका गणपती शुदर्सन शिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको विशेषज्ञ टोलीद्धारा अहिले खोजी भैरहेको छ । मंगलवार साँझदेखिनै खोजी कार्य जारी राखेको भएपनि कुनै पत्तो लाग्न सकेको छैन ।

मंगलवार साँझ बागलुङ नगरपालिका–१ मालढुंगा स्थित बागलुङ पर्वत सडकमा ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान प्रहरीले बरामद गरी उक्त ट्याक्सीमा सवार ३ जना मध्ये सोही ठाउँ बस्ने २८ वर्षीय दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ घर भई हाल सोही ठाउँ बस्ने २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको थियो ।

ट्याक्सीमा रहेका काठेखोला गाँउपालिका–८ घर भई बागलुङ नगरपालिका–३ देउरालीचोक बस्ने १९ वर्षीय सुनिल पुन भागेर कालगण्डकी नदीमा हामफाली पौडी खेली पारी तर्ने क्रममा नदीकै बीचबाट बेपत्ता भएको प्रहरीले बताएको छ ।
उक्त घटनाका बिरोधमा पोखरा बागलुङ राजमार्ग समेत अवरुद्ध पारिएको छ । नदिमा डुवेका युवाको खोजी गरी पिडितलाई तत्काल न्याय दिलाउन माग गर्दै आफन्तहरुले सडक तथा बागलुङबजार बन्द गराएका हुन् ।