Print

स्थानीय सञ्चार माध्यमको सबलीकरण गर्न पर्वतका सातै स्थानीय प्रमुखको प्रतिबद्धता

२५ जेठ, पर्वत । स्थानीय सञ्चार माध्यमको सबलीकरण गर्न पर्वत स्थित ७ वटै स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन । विहिबार पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको स्थानीय सञ्चार माध्यमको सबलीकरण विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाका नगरपालिका प्रमुख र गाउँपालिका प्रमुखले यस्तो प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले सञ्चार क्षेत्रको विकासमा आफूले नेतृत्व गरेको नगरपालिका सधै संवदेशिल रहने बताउदै स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमको भूमिका निकै उत्कृष्ट रहेको दावी गरे । उनले सञ्चार जगतको विकास हुनु भनेको स्थानीय जनतामा सुचनाको पहुँच बढनु भएकाले आफू सधै सञ्चार माध्यमको सबलीकरणमा सचेत रहेको बताए ।

उता, पैयूगाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले दुरदराजमा सञ्चार माध्यम पुगेकै कारण जनतामा चेतनाको स्तर बढेको समेत बढाए । अन्तरक्रिया कार्यक्रममा मोदीगाउँपालिका प्रमुख प्रेम पौडेलले सुचना प्राप्त गर्नु नै तर्क गर्ने सवैभन्दा ठूलो साध्य रहेको भन्दै जनप्रतिनिधिहरु सुचनाका पहुँचबाट सधै नजिक रहनुपर्ने बताए । ।श्रोत र साधनको समुचित प्रयोग गर्न पनि सुचना पाउनु पहिलो दायित्व सम्बन्धित ब्यक्तिको रहेको भन्दै उनले सञ्चार क्षेत्रको विकास नेपालमा धेरै दु्रतगतिमा भएको बताए ।

उता, महाशिला गाउँपालिका अध्यक्ष राजु पौडेलले स्थानीय तहको सरकार आफैले जनतालाई सुशुचित गर्ने दायित्व वहन गर्नेपर्ने बताउदै गाउँतहसम्म सञ्चार माध्यमको विकास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कुश्मा नगर उपप्रमुख सिता काप्लेले सञ्चार माध्यमको सहयोग गर्न आफू सधै तयार रहेको बताईन । जलजलागाउँपालिका प्रमुख सिमा गर्बुजाले कृषिमा धेरै सम्भावना बोकेको जलजलागाउँपालिका कृषि कर्म मार्फत समुन्नत हुने विश्वास ब्यक्त गरिन ।

कार्यक्रममा सवै जनप्रतिनिधिहरुले सञ्चार क्षेत्रको सुढुढिकरणका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पुर्व अध्यक्ष ओम घायल लगाएतले पनि मन्तब्य ब्यक्त गरे । कार्यक्रमको अध्यक्षता अध्यक्ष छविलाल तिवारी स्वागत उपाध्यक्ष प्रनिश गिरी र सञ्चालन पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले गरेका थिए ।