२१ जेठ, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको गाउँ कार्यपालिका पनि गठन भएको छ । कार्यपालिका गठनका लागि भएको निर्वाचन प्रकृयामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठवन्धन बिजयी भएका छन् । दुई दलित र अल्पसंख्यक तथा चार जना महिला सदस्यका लागि भएको निर्वाचन प्रकृयामा निर्वाचित हुनेमा दलित तथा अल्पसंख्यक बाट मनिराम दर्जी, रनबहादुर नेपाली रहेका छन् ।
उनिहरु माओवादी केन्द्रका उम्मेवार हुन् भने महिला सदस्यहरुमा केउकला थजाली खगिसरा भुसाल, लक्ष्मी आचार्य र खगिसरा परियार रहनुभएको छ । उहाँहरु मध्ये थजाली माओेवादी केन्द्र र अन्य तीन जना नेपाली काँग्रेसबाट बिजयी हुनुभएको हो ।
उनिहरुलाई शनिवार नै गाउँपालिका अध्यक्ष कमल भुसाल र निर्वाचन अधिकृत मोती सापकोटाले पदभार ग्रहण गराउनुभएको थियो । यो मतपरिणामसंगै एमालेको तर्फबाट अध्यक्ष पदमा विजयी कमल भुषाल अल्पमतमा परेका छन । एमालेको तर्फबाट उपाध्यक्ष डम्मरकुमारी गुरुङ पनि विजयी भएकी थिइन । एमालेले गाउँसभामा बहुमत सदस्य विजयी गराउन नसक्दा अल्पमतमा परेको हो । कुल १४ गाउँसभामा २ वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ सहित जम्मा ४ जनाको संख्यामा एमाले छ भने १० जना कांग्रेस र माओवादी गठनबन्धनका सदस्यहरु छन । कुश्मा नगरपालिकामा कांग्रेसको प्रमुख पदमा तर्फबाट विजयी रामचन्द्र जोशी र उपप्रमुख पदमा विजयी सिता काप्ले जस्तै विहादीमा पनि एमाले अल्पमतमा परेको छ ।




