Print

जन्मदिन मनाउने खर्चले गाउँको बिद्यालयलाई सहयोग

१६ जेठ, पर्वत । पछिल्लो समयमा बिद्यार्थीहरुमा आफ्नो जन्म दिन मनाउने र त्यसमा धेरै रकम खानपान तथा रमाईलोमा खर्च गर्ने चलन बढ्दै जान थालेको छ ।

तर पोखराको एक निजी बिद्यालयमा पढ्ने बिद्यार्थीले जन्मदिन मनाउने सबै खर्च आफ्नो पुख्र्यौली गाउँमा रहेको बिद्यालयका लागि सहयोग गरेकी छन ।

पोखरा लेखनाथ महानगरको रत्नचोकमा बस्दै आएकी तनिशा गुरुङ्गले आफ्नो १७ औ जन्मदिनको खर्च पर्वतको कस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कमा रहेको पञ्चकोशी माबिलाई १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेकी हुन । गुरुङ्गले पञ्चकोशी माबिमा भूतपुर्ब बिद्यार्थीले सञ्चालन गरेको प्राथमिक तहमा अंग्रेजी र मन्टेश्वरी माध्यमबाट निशुल्क शिक्षा दिने अभियानका लागि उक्त सहयोग गरेको बताईन ।

आफुँ गाउँमा नपढेपनि अभिभावकहरुले सञ्चालन गरेको अभियानबाट प्रभावित भई जन्मदिनमा गर्ने खर्चलाई गाउँमा मन्टेश्वरी शिक्षा दिन सहयोग पुगोस भनेर खर्च गरेको उनको भनाई छ । ‘मैले जन्म दिन मनाउने खर्चले आफ्नो पुख्र्यौली गाउँमा शुरु भएको नयाँ अभियानलाई सहयोग पुग्छ भने अनावश्यक खर्च गर्न आवश्यक ठानिन ’ उनले भनिन ‘यसरी नै सबैले सहयोग गरे गाउँमा रहेका भाईबहिनीहरुले पनि शहरबजारमा भन्दा राम्रो शिक्षा लिन सक्छन’ गुरुङ्गले पोखारबको मासबारस्थित मदरल्याण माबिमा ब्यबस्थापन बिषयमा कक्षा ११ मा पढीरहेकी छन ।

गुरुङ्गका बुवा केशबीर गुरुङ्ग (जगदिश) गाउँमा शैक्षिक सुधारको अभियानका सक्रिय सदस्य हुन । छोरीले आफुँलाई बिहानै यस्तो उदाहरणीय काम गर्छु भनेर सन्देश पठाउँदा बिदेशमा भएपनि हर्षले गदगद भएको केशबीरले बताए । ‘हामीले मात्रै अभियान चलाएका छौ भन्ने लाग्थ्यो’ उनले भने ‘यो कुराले सुधारको अभियानले बालबालिकामा पनि राम्रो छाप परेको अनुभूति गरायो’ छोरीले १० हजार सहयोग गर्छु भनेर खबर गरेपछि आफुँले त्यसमा ५ हजार ५ सय ५५ थपेर छोरीलाई भूतपुर्ब बिद्यार्थी मञ्चको आजिवन सदस्य बनाउने निर्णयमा पुगेको जानकारी उनले दिए ।

पञ्चकोशी माबिमा भुतपुर्ब बिद्यार्थीहरुले फेसबुक र म्यासेन्जरबाट आर्थिक सहयोग संकलन गरि गाउँमा नै अंग्रेजी र मन्टेश्वरी शिक्षा दिनका लागि बिद्यालयलाई सहयोग गरेका छन । भुप बिद्यार्थीकै सहयोगमा बिद्यालयले २ कक्षा सम्म मन्टेश्वरी र अंग्रेजी माध्यममा शिक्षा दिन थालेको छ । अभियानका लागि भुपु बिद्यार्थीले अहिले सम्म २५ लाख नगद संकलन गरि सकेका छन भने थप १० लाख रुपैया सहयोगको घोषणा गरिकेका छन । अहिले सहयोगबाट एक जना शिक्षक निजी स्रोतमा राख्ने कक्षा कोठा ब्यबस्थापन र मन्टेश्वरीका शैक्षिक सामाग्री किन्ने काम भुपु बिद्यार्थीले गरेको मञ्चका बरिष्ठ उपाध्यक्ष नारायण पौडेलले बताउनुभयो । मञ्चले मन्टेश्वरी कक्षाको जेठ २६ मा औपचारिक उद्घाटन गर्ने कार्यक्रम समेत बनाएको छ ।