२४ वैशाख, पर्वत । नेकपा एमाले कुश्मा नगरकमिटिले एमालेका उमेदवार जिताउनका लागि नगरपालिकाका टोल टोलमा आमसभा र घरदैलो अभियान तिव्र बनाएको छ । अन्य दलहरु पैसा बाँडेर भोट खरिदको प्रक्रियामा लागेको आरोप लगाउँदै एमालेले चुनावी अभियान जनताको घरदैलोबाट शुरुवात गरेको हो । शनिवार नगरपालिकाको वडा न ७ को दुई स्थानमा टोल सभा गरेको एमालेले सोहि दिन कुश्मा ११ पकुवामा पनि दुई स्थानमा घरदैलो र आमसभाको आयोजना गरयो । टोल सभामा बोल्दै मेघनाथ सुबेदीले जनताको सेवा गर्ने तर राज्यले दिएको सेवा सुबिधा नलिने घोषणा गरेकाछन् ।
कुस्मा नगरपालिकाको वडा नं ११ पकुवामा भएको
चुनाबी कार्यक्रममा बोल्दै सुबेदीले राज्यबाट मेयरले पाउने तबल सुबिधा बिपन्न दलित , महिला शसक्तिकरणको क्षेत्रमा खर्च गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा सुबदिले आफुले बिभिन्न बिज्ञहरुसंग परामर्श गरेर मात्र कुश्मा नगरको घोषणापत्र तयार गरेको जनाउँदै आफुले जितेको खण्डमा ५ बर्षमा घोषणा पत्रमा लेखिएका कुराहरु पुरा गर्न दाबी समेत गरे । उनले एमालेले देखेका सपना पुरा गर्न र कुस्मालाई समृद्ध गराउन आँफू हर तरहले लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।’ म जनतालाई सेवा दिनका लागि आँफूले राज्यबाट पाउने सुबिधा समेत नलिई विकासको काममा लगाउँछु ।’सुबेदीले आफुले जितेको खण्डमा कुश्मा नगरलाई समृद्ध नगरको रुपमा चिनाउने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा नेकपा(एमाले) प्रदेश कमिटीका सदस्य मनोहर बि पौडेलले चुनाबका बेला दलित उत्पीडीत समुदायलाई भेडाबाख्राका नाममा खरिद गर्न आउनेहरुले बिच बाटोबाटै फर्काउन आग्रह गर्दै एमालेको जित भएमा मात्रै बृद्धबृद्धा, अपाङ्ग, उत्पीडित समुदायमा परिर्वतन आउने बताए । जेष्ठ कम्युनिष्ट मञ्चका पुर्ब केन्द्रिय सदस्य तोयनाथ चालिसेले ब्यबस्थित बस्ती बिकास गर्न सकेमा मात्रै छिटो बिकासको लहर समुदायका बिचमा पु¥याउन सकिने भएकाले एमालेको प्रयास त्यसमै केन्द्रित हुने जनाए ।
जिल्ला उपसचिब गोबिन्द पहाडीले एमाले संग मात्रै कुस्मा नगरको बिका
स गर्ने स्पष्ट दृष्टिकोण र कार्यक्रम रहेको बताउँदै जनताले एमालेलाई नै चुन्ने बिश्वास ब्यक्त गरे । उप मेयर पदकी उमेदवार एमाले जिल्ला सदस्य मुवाकुमारी शर्माले सबैदिदी बहिनीले मत दिएर बिधवालाई राजनितीमा अघि बढ्न प्रेरणा दिने बिश्वास ब्यक्त गरिन ।
पकुवामा भएको उक्त चुनाबी सभामा जेष्ठ कम्युनिष्ट मञ्चका प्रदेश सदस्य बाबुराम सुबेदी, प्रेस चौतारी नेपालका निर्वतमान बरिष्ठ केन्द्रिय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, वडा अध्यक्षका उमेदवार तथा एमाले जिल्ला सचिबालय सदस्य शिब पौडेलले मन्तब्य ब्यक्त गरेका थिए । एमाले कुस्मा वडा संगठन कमिटी ११ का संयोजक राजे्न्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा कुस्मा नगरकमिटीका पुर्ब सचिब सोमनाथ चापागाईले स्वागत र सञ्चालन युवा संघ नेपाल धौलागिरीका कोषाध्यक्ष अर्जुन निर्जन पौडेलले गरेका थिए ।
पकुवामा सामुदायिक बिद्युतीकरण उपभोक्ता समितिको अध्यक्ष, मोटरबाटो निर्माण समितिको अध्यक्ष, बिरेन्द्र माबि ब्यबस्थापन समितिको अध्यक्ष समेत भएर सामाजिक सेवा गर्दै आएका एमालेका युवा नेता शिब पौडेलको पक्षमा जनलहर समेत देखिएको थियो । नेपाली कांग्रेसले पोखरा बस्ने र गाउँलेको सुखदुःखमा साथ नदिने उमेदवारलार्ई प्रतिष्पर्धामा उतारेका कारण एमालेको जीत झन सहज भएको एमालेका नेता कार्यकर्ताले कार्यक्रममा बताएका थिए ।

यसैगरी गरी कुश्मा ७ मा भएको टोलसभामा एमाले प्रदेश कमिटि सदस्य मनोहर वि. पौडेल, एमाले उप सचिव गोविन्द पहाडी, मेयरका उमेदवार मेघनाथ सुवेदी, उप मेयरका उमेदवार मुवा देवि शर्मा, वडा अध्यक्षका उमेदवार सुवाचन्द्र पौडेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । एमाले वडा कमिटिका अध्यक्ष डम्मर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश शर्माले गरेका थिए ।




