Print

पर्वतमा एमालेका यी उमेदवार जसले विपक्षीलाई यसरी कडा टक्कर दिदैछन

२० वैशाख, पर्वत । स्थानिय तह निर्वाचनका लागि पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा मंगलबार उमेदवारी दर्ता भएको छ । पर्वतको कुस्मा र फलेबास नगरपालिका तथा जलजला, मोदी, बिहादी, पैंयु र महासिला गाउँपालिकामा उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ । सात वटै स्थानिय तहमा नेकपा(एमाले)का उमेदवारहरुले बाजागाजा र ¥याली सहित उमेदवारी दर्ता गराएका छन ।

कुस्मा नगरपालिकामा मेयर पदमा मेघनाथ सुबेदी र उपमेयर पदमा मुगा पोखरेलले उमेदवारी दर्ता गराएका छन । नेकपा(एमाले)बाट मेयरमा पदमपाणी शर्मा र उपमेयरमा मञ्जु अधिकारी उमेदवार बनेका छन फलेबास नगरपालिकामा । यस्तै गरि जलजला गाउँपालिकामा  लालबहादुर अधिकारी अध्यक्ष र उपाध्यक्षमा अनिता शर्माले उमेदवारी दिएका छन । पर्वतकै मोदी गाउँपालिकामा नेकपा(एमाले)को तर्फबाट मोदी गाउँपालिकामा प्रेम पौडेल अध्यक्ष तथा सेती महतले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन ।

बिहादी गाउँपालिकामा कमल भुसाल र उपाध्यक्षमा डम्बरकुमारी गुरुङ्गले उमेदवारी दर्ता गराएका छन ।  महासिला गाउँपालिकामा नेकपा(एमाले)बाट राजुप्रसाद पौडेल अध्यक्ष र हिरा थापा उपाध्यक्षमा उमेदवार दिएकी छन । पैयुँ गाउँपालिकामा  नेकपा(एमाले)को तर्फबाट अध्यक्षमा मित्रलाल बस्याल र उपाध्यक्षमा गोमताकुमारी शर्माले उमेदवारी दिएका छन ।

एमालेका सवै उमेदवार राजनैतिक पृष्टभूमिबाट आएका र जनता सामु निकै लोकप्रिय भएका कारण अन्य दलका उमेदवारहरुलाई कडा चुनौति दिने देखिन्छ ।