Print

डोल्पा बन्यो एमालेमय, गाउँपालिका अध्यक्ष सहित बहुमत एमाले सदस्यहरु निर्विरोध

२० वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा देश भरबाट निर्वाचनको प्रक्रियाका समाचारहरु आउन थालेका छन । तीन वटा प्रदेशमा मात्र प्रथम चरणमा गरिएको निर्वाचनमा एमालेलेको तर्फबाट हालसम्म ३ जिल्लामा निर्विरोध भएको समाचार छ ।

डोल्पाको शेफोक्सुडो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका टसी टुण्डुक गुरूङ निर्बिरोध निर्बाचित भएका छन। सो गाउपालिकामा उपाध्यक्ष पदमा बाहेक अरू सबै पदहरूमा एमालेका उम्मेदवारहरू निर्बिरोध भएको भर्खजानकारी प्राप्त भएको छ ।

योसंगै काभ्रे, सिन्धुपाल्चोक पछि डोल्पामा एमालेका उमेदवार निर्विरोध भएका हुन ।