Print

पिपुल्स क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

७ वैशाख, काठमाण्डौं । काठमाडौंको पकनाजोलस्थित पिपल्स क्याम्पसनमा अनेरास्ववियु विजयी भएको छ ।

सभापतिमा अनेरास्ववियुका आदित बोहोरा १७१ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेविसङ्घका अरुण घलेले १२३ मत र अखिल क्रान्तिकारीका सचीन भुर्तेलले जम्मा ५६ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा उमेश विक र कोषाध्यक्षमा अरुण धिताल विजयी हुनुभएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

सदस्यमा विश्वास खनाल, रुजिना पौडेल, जोनसन अधिकारी, सिर्जना सेन्चुरी, पुष्प मोक्तान, मुकुन्द खतिवडा र अमिश मानन्धर निर्वाचित हुनुभएको छ ।