Print

यसरी निर्माण हुँदैछ, पर्वत हुँदै घोडेपानी जाने नयाँ पदमार्ग

७ वैशाख, पर्वत । जिल्लाको मोदीगाउँपालिका हुँदै घोडेपानी जाने नयाँ पदमार्गको निर्माण कार्य शुरु भएको छ । घोडेपानी जाने ट्रेकिङ मार्गमा मोटरबाटो खुलेपछि त्यसको वैकल्पिक मार्गको विकास गर्न पर्वतको मोदीगाउँपालिका स्थित भुकदेउराली र देउपुरमा नयाँ पदमार्ग निर्माण गरिन लागेको हो ।

पद मार्ग निर्माणका लागि नेकपा एमालेका पोलिटब्यूरो सदस्य गणेश प्रसाद तिमिल्सीनाको प्रयासमा पदमार्ग निर्माण कार्य भईरहेको छ । तिमिल्सीनाका अनुसार नयाँ पदमार्ग निर्माणको सम्भावनायुक्त ठाउँ भएका कारण उक्त स्थानमा पदमार्ग निर्माण शुरु गरिएको हो ।

घोडेपानी ट्रेकिङको यात्रा कास्कीको विरेठाँटी र पर्वतको भुकदेउरालीको सिमानाबाट प्रारम्भ हुन्छ । पछिल्लो समयमा सडक मार्ग खुलेका कारण ट्रेकिङ गर्ने पर्यटकहरुले धुँलो र धुँवाको झण्झड ब्यहोर्न थालेका कारण भुकदेउरालीका स्थानीय नयाँ पदमार्गको विस्तारमा जुटेका हुन । १५ बर्ष देखि पर्यटन ब्यवसाय गर्दै आएका पर्यटन ब्यवसायी रनबहादुर खडका भन्छन–‘स्वच्छ हावापानीमा ट्रेकिङ गर्न रुचाउने विदेशी पर्यटकहरुले मोटरबाटोका कारण सास्ती ब्यहोर्नु छ’ पर्वतको देउपुर गाविस घर भएका ब्यवसायी खडकाले कास्कीको नयाँपुलबाट भुकदेउराली र देउपुर गाविसको सिमानामा पर्ने भबरकोट, सिद्धबावा, मनहिल हुदै घोडेपानीको पदमार्ग उत्तम पदमार्ग हुने उनले बताए ।

मोटरबाटोका कारण विरेठाँटीमा होटलहरुलाई समेत समस्या परीरहेको बताउदै पर्यटन ब्यवसायी मनबहादुर खडकाले मोटरबाटोको वैकल्पिक मार्गको खोजी आफूहरुले गरेको दाबी गरे । विगत लामो समय देखि पर्यटन ब्यवसाय गर्दै आएका खडकाले पदमार्गलाई ब्यवस्थित बनाउनका लागि भवरकोट पर्यटन विकास केन्द्र नामक संस्थाको समेत स्थापना गरेका छन । उक्त संस्था मार्फत नयाँ पदमार्गको प्रचार प्रसार र विस्तार गरिने खडकाले बताए ।

हिमालका मनोरम दृश्यहरु देखिने, घना जंगल वीच मयुर, मृग, कालिज, बाघ, घोरल जस्ता जंगली जनावर र पंक्षीहरुको समेत अवलोकन गर्न पाइने भएका कारण विदेशी पर्यटकहरुले नयाँ पदमार्गलाई मन पराउने ब्यवसायी खडकाले दाबी छ । सरकारले पदमार्गमा मोटरबाटो खन्न दिएका कारण होटल ब्यवसायीहरु मर्कामा परेको बताउदै खडकाले नयाँ पदमार्ग सञ्चालनमा आएपछि पर्यटकहरु १८ सय देखि २५ सय सम्मको उचाईको बाटो हुँदै ट्रेकिङ गर्न बताए ।

केहि विदेशी पर्यटकलाई यस मार्गमा आफूहरुले यात्रा गराएको बताउदै खडकाले विदेशी पर्यटकले यस मार्ग निकै मन पराएको जिकिर पनि गरे । कास्कीको नयाँपुलबाट घोडेपानी पदमार्ग तथा घान्दु्रक पदमार्गमा समेत सवारी कच्चि सडक खनिएको छ । उक्तसडकमा सार्वजनिक सवारी साधनहरु चल्ने गर्दछन ।

सवारी साधनका कारण कञ्चि सडक धुलाम्मे बनिरहेको बेला पर्वत भुमरकोट घारेपानी पर्यटन क्षेत्र विकास समिति मार्फत नयाँ पैदल मार्गको विस्तारको काम भईरहेको छ । उक्त पैदल माग निर्माण भएपछि मनमोहक दृश्यहरुमा पर्यटकहरु रमाउन पाउने समितिका अध्यक्ष समेत रहेका खडकाले बताए ।