Print

पर्वतमा १६ हजार मतदाता थपिए (कहाँ कहाँ थपिए मतदाता विस्तृतमा)

१६ चैत्र, पर्वत । नेपालमा भएको दोस्रो संविधान सभाको निर्वाचन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । दोस्रो संविधान सभाको निर्वाचन पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पर्वतमा हाल कुल ९९ हजार ६ सय ७० जना मतदाता रहेका छन ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकामा कुल ९९ हजार ६ सय ७० जना मतदाता रहेका छन ।

कार्यालयले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकामा कुल २५ हजार २ सय ४५ जना मतदाता रहेका छन । यसैगरी जलजला गाउँपालिकामा १३ हजार १ सय १६ जना रहेका छन ।

मोदी गाउँपालिकामा १५ हजार ७ सय र फलेवास नगरपालिकामा १९ हजार २ सय २४ जना मतदाता रहेका छन । यसैगरी विहादी गाउँपालिकामा ९ हजार २ सय ५४ जना, पैयूमा ९ हजार ८ सय ६६ र महाशिलामा ७ हजार २ सय ६५ जना मतदाता रहेका छन ।

यो तथ्यांक २०७० सालको तथ्यांक भन्दा १६ हजार ६ सय २० जनाले बढि हो । मतदाता संख्यामा आएको बृद्धिसंगै मतपरिणामा समेत त्यसको असर पर्न सक्ने देखिन्छ ।

यस अघि दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ मा नेपाली कांग्रेस र क्षेत्र न २ मा नेकपा एमाले विजयी भएका थिए । यस पटकको निर्वाचनमा भने पर्वत क्षेत्र न १ मा ८ हजार ८ सय ७२ जना नयाँ मतदाता थपिएका छन । यसैगरी क्षेत्र न २ मा भने ७ हजार ७ सय ४८ जना मतदाता थपिएका छन ।

२०७० सालको निर्वाचनमा पर्वत क्षेत्र न १ मा ४५ हजार १ सय ८९ जना मतदाता रहेका थिए भने क्षेत्र न २ मा ३७ हजार ८ सय १६ जना मतदाता रहेका थिए । यो संख्या बढेर पर्वत क्षेत्र न १ मा ५४ हजार ६१ जना र क्षेत्र न २ मा ४५ हजार ६ सय ९ जना मतदाता रहेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस